विकास बञ्जाडे, वाणगंगा ।
बार्षिक करोडौको महत्वकाँक्षी वजेट सार्वजनिक गर्ने तर प्रभावकारी काम खासै नगर्ने देशभर ७ सय ५३ बटा स्थानीय तह छन् । जसमध्ये कपिलवस्तुको बाणगँगा नगरपालिका पनि एक हो । जुन नगरपालिकाको मोतिपुर स्थीत ७ नम्वर बडाले भने सिमित साधन र स्रोतका विच पनि नौलो कामको थालनी गरेको छ । बडालाई सुन्दर, रमणीय र विकसित बनाउने उदेश्यले कपिलवस्तुको बाणगँगा नगरपालिका ७ बडा कार्यालय मोतिपुरले नयाँ कामको थालनी गरेको छ ।
१७ सय घरधुरी बसोवास रहेको यस वडाका बासिन्दाले सरकारी सेवासुविधा लिन टोल विकास समितिका पदाधिकारी वा वडा सदस्यको सिफारिश अनिवार्य लागु गरेको छ । सेवा प्रभावका लागी समिति मार्फत १० बटा सुचक पुरा गर्नै पर्ने छ । जस अनुसार घरआँगनमा अनिवार्य फुल रोप्नु पर्ने, बालबालिकालाई विद्यालय पठाएकै हुनुपर्ने, शौचालय प्रयोग अनिवार्य गर्नुपर्ने, सडकटोलमा फोहर फाल्न नहुने, वडाको विकास निर्माणमा सहभागी हुनुपर्ने लगायतका बुँदा रहेको बडा अध्यक्ष विष्णु गिरी बताउनुहुन्छ ।
उक्त योजना कार्यान्वयन गर्नका लागि बाणगँगा नगरपालिका कार्यपालीका बैठकले समेत पारित गरेको बडा अध्यक्ष गिरीको दावी छ । देशभरका स्थानीय तहले खासै नौलो काम नगरेका बेला यस वडाका बासिन्दाले भने उक्त कार्यलाइ साथ दिएको बनगाइका हरि बहादुर कुँवर बताउनुहुन्छ ।
११ वडा रहेको बाणगँगा नगरपालिका कपिलवस्तुको सवैभन्दा ठुलो मात्र नभइ विकशित र विभिन्न धार्मिक पर्यटकिय स्थलका साथै आयस्रोतको धनी मानिन्छ । जनप्रतिनिधिको अनुभव, दक्षता मात्र नभइ इच्छाशक्ति भए जुनसुकै काम पनि संभव भएको मोतिपुर बडाबाट देशका अन्य स्थानीय तहले सिक्नु पर्ने जरुरी रहेको छ ।
प्रतिक्रिया