१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

राजाबाबुको शव आफन्तले बुझ्न मानेनन, अवस्था तनावग्रस्त



भुपाल थापा, लवनी ।
शुक्रबार राति गोली हानी वीभत्स रूपमा हत्या गरिएका सत्तारूढ दलकै स्थानीय नेताको मृत्यु भएसँगै कपिलवस्तुमा सुरक्षा संवेदनशीलतामा प्रश्न उठेको छ । जिल्लाको शुद्धोधन गाउँपालिका–४, मोतीभारीका २८ वर्षीय दीपेन्द्रकुमार चौधरी ुराजाबाबुुको गोली हानी हत्या भएसँगै अहिले स्थानीय त्रसित भएका छन । तत्कालीन माओवादी केन्द्रका नेता चौधरीको हत्या भएसँगै सत्तारूढ दल नेकपामा सुरक्षा संवेदनाले तरंगीत बनाएको नेकपाका नेता बाबुराम खनाल बताउँछन्। प्रहरीका अनुसार चौधरीको टाउकोमा ६ राउण्ड गोली प्रहार भएको थियो।
टाउकोमा गोली लागेपछि गम्भीर अवस्थामा उनलाई रुपन्देहीस्थित भैरहवा मेडिकल हस्पिटलमा पुर्याइएता पनि उनको मृत्यु भइसेकको घोषणा चिकित्सकले गरेको थिए । उनको घटनास्थलमै मृत्यु भएको चिकित्सकको भनाइ छ । स्थानीय विवादमा शुक्रबार राति करिब साढे १० बजे चौधरीमाथि गोली प्रहार भएको प्रहरी उपरिक्षक अच्युत पुडासैनीले बताए । चौधरीको शव मेडिकल कलेज भैरहवाबाट अहिले लवनी ल्याएपछि त्यहाको अवस्था तनावग्रस्त बनेको छ ।
हत्यारालाई कारवाही नहुञ्जेल चौधरीको शव आफन्तले नबुझ्ने भएका छन्। हत्याराको जानकारी प्रहरीलाई हुंदा समेत पक्राउ नगरेको भन्दै आफन्त तथा शुभचिन्तकहरु आक्रोशित भएका छन्।

प्रकाशित मिति : ८ मंसिर २०७५ शनिबार ००:००  ९ : ०७ बजे