८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

भाई संगको विवाद पछि दाजु राजाबाबुको हत्या खुलासा ! (यसरी भएको थियो घटना)



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तु अहिले शोकमग्न छ । जिल्लाका प्रतिभावान युवा नेता दिपेन्द्र कुमार चौधरी (राजाबाबु) को हत्या भएपछि जिल्ला शोकमग्न भएको हो । गएराती जिल्लाको शुद्धोधन गाउँपालिका –४, मोतिघारीमा चौधरीको अज्ञात समूहले हत्या गरेको हो । हत्या गर्ने हत्यारा अहिले फरार छन । मायादेवी अनलाइनलाई प्राप्त सुचना अनुसार चौधरीको हत्या गर्ने मुख्य योजनाकार स्थानीय हुन ।

यसरी घट्यो घटना

शुक्रबार साँझ राजाबाबुका भाई जितेन्द्र चौधरी लवनी स्थित बजारमा सामान किन्न आएका थिए । सामान किन्दै गर्दा सोही बजारका अजित पाण्डे (उर्फबन्टी) संग एक आसपमा भनाभन भएको थियो । पाण्डेले मादक पदार्थ सेवन गरेर जितेन्द्र संग झगडा गरेको स्थानीय बताउँछन । झगडालाई बजारबासीले मत्थर पारेको बताइएको छ । जितेन्द्र राजाबाबुका सहोदर भाई थिए । स्थानीयका अनुसार पाण्डेले जितेन्द्रलाई ज्यान मार्ने सम्मको धम्कि दिएका थिए । ज्यान मार्ने सम्मको पाण्डेले धम्कि दिएपछि जितेन्द्रले आफ्ना दाजु राजाबाबुलाई यो कुरा सुनाए । भाई माथि भएको हमला बुझुन राजाबाबु लवनी आउँदै थिए । राती ९ बजेको समयमा उनी आफ्नो घरबाट घटनाबारे बुझन आएका हुन । लवनी बजार र उनको घरको झण्डै डेढ किलोमिटरको अन्तरमा छ । बाटोमा आउँदै गरेका राजाबाबु र राजाबाबुको घर तर्फ जाँदै गरेका पाण्डे बीच बाटैमै जम्काभेट भयो । राजाबाबु त्यस समयमा एक्लै रहेको बताइएको छ । राजाबाबु संग पाण्डेको बीच बाटोमै भेट भएको र पाण्डेले अन्धाधुन्द गोली प्रहार गरी उनको हत्या गरेको जनाइएको छ । पाण्डेको साथमा अरु पनि रहेको बताइएकोछ । हत्या गरिएका राजाबाबु माथि १४ गोली प्रहार भएको छ । जस मध्ये ५ गोली टाउकोमा मात्र लागेको छ ।
गोली प्रहार पछि राजाबाबुलाई लवनी स्थित स्थानीय मेडिकल हलमा उपचारको लागि लगिएको थियो । त्यहाँ उपचार सम्भव नभए पछि उहालाई भैरहवा स्थित मेडिकल कलेजमा उपचारको लागि लैजादै गर्दा बाटैमै निधन भएको हो । घटना पश्चात पाण्डे फरार छन । उनी गोली प्रहार पछि भारत तर्फ लागेको बताइएको छ ।
प्रहरीले पाण्डेका दुई दाजुभाईलाई अनुुसन्धानका लागि नियन्त्रणमा लिएको बताइएकोछ । पाण्डे पूर्वप्रधान रामाकान्त पाण्डेका छोरा हुन । लवनी स्थित उनको पेट्रोल पम्म रहेको छ । राजाबाबुलाई कुनै राजनीतिक प्रतिशोतका कारण हत्या नगरिएको स्थानीय बताउँछन । भाई संगको सामान्य विषयलाई लिएर उनको हत्या भएको भन्दै स्थानीय आक्रोसित बनेका छन । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

को हुन राजाबाबु

जिल्लामा राजाबाबु भनिने चिनिने चौधरी गत स्थानीय तहको निर्वाचनमा सुद्धोधन गाउँपालिकाको प्रमुखमा उठेका थिए । यस्तै प्रदेशसभामा उनी स्वतन्त्र सांसदमा उठेका थिए । तत्कालिन फोरम लोकतान्त्रिकका नेता समेत रहेका चौधरी पछिल्लो समय विजय गच्छदार कांग्रेसमा प्रवेश गरेपछि स्वतन्त्र रहदै आएका थिए । पछि उनी नेकपामा प्रवेश गरेर राजनीतिक क्रियाकलापमा सक्रिय थिए ।

प्रकाशित मिति : ८ मंसिर २०७५ शनिबार ००:००  ८ : ३२ बजे