८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

नुवाकोटमा बाल विवाह गर्ने युवक पक्राउ



बेत्रावती ।
बालिका विवाह गरेको अभियोगमा नुवाकोट प्रहरीले प्यूठानको स्वर्गद्वारी नगरपालिका–२ का पवन घर्तीलाई शुक्रबार पक्राउ गरेको छ ।
गाउँकै १३ वर्षीया बालिकालाई विवाह गरी नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेमा ल्याएर राखेको अवस्थामा २२ वर्षीय घर्तीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिनुभयो ।
गत कात्तिक २७ गते बालिका हराएपछि परिवारले खोजी गर्ने क्रममा केटा पक्षले भगाएर नुवाकोट ल्याएर विवाह गरेको भन्दै दिएको किटानी जाहेरीका आधारमा घर्तीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उनलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि प्यूठान प्रहरीमा पठाइने नुवाकोट प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७५ शनिबार ००:००  ७ : ५७ बजे