८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

हिलबर्ट इंग्लिस बोर्डिङ स्कुल पिपरा प्लाष्टिक मुक्त घोषणा



मायादेवी अनलाइन, वाणगंगा । 

कपिलवस्तुको हिलबर्ट इंगलिस बोर्डिङ्ग स्कुल वाणगंगा २ पिपराले विद्यालयलाई प्लाष्टिक मुक्त विद्यालय घोषणा गरेको छ ।

वाणगंगा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष विष्णु पौडेल तथा विद्यार्थीहरुले संयुक्त रुपमा विदालयलाई आजदेखि प्लाष्टिक मुक्त घोषणा गरेका थिए । विद्यालयलाई फोहोर मुक्त तथा प्रदुषण रहित बनाउन स्कुललाई विद्यार्थीको सकृयतामा प्लाष्टिक मुक्त घोषणा गरिएको हो ।

विद्यालयमा प्लाष्टिक जन्य वस्तुहरुको प्रयोग र प्रदुषण बढ्न थालेपछि यस्को रोकथामका लागि प्लाष्टिक मुक्त अभियान कार्यक्रम संचालन गरिएको हो । कार्यक्रममा सवै प्रकारका प्रदुषण तथा फोहोरमैलाका बारेमा सहभागीहरुलाई सचेतना गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी वडा नम्बर २ का अध्यक्ष विष्णु पौडेलले स्कुलबाट शुरु गरिएको प्लाष्टिक मुक्त यस अभियानलाई सवै क्षेत्रमा लैजाने बताउनुभयो ।

नगरपालिकाको म सफा गर्दछु मेरो नगर भन्ने अभियानलाई मद्धत पुग्ने बताइएको छ । विद्यालयका प्रिन्सिपल सुरेन्द्र पाण्डेको अध्यक्षता तथा विद्यार्थी हिमाल पौडेलको संचालनमा सम्पन्न कार्यक्रममा पत्रकार बाबुराम रायमाझी लगाएतले बढ्दो प्लाष्टिको प्रयोगले मानव तथा अन्य क्षेत्रमा प्रतिकुल असर पुरयाउने हुँदा यसको प्रयोगलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिइएको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०७५ शनिबार ००:००  ४ : २५ बजे