मायादेवी अनलाइन, कपिलवस्तु ।
गएराती कपिलवस्तुका युवा नेताको गोली प्रहार गरी हत्या गरिएको छ । जिल्लाको शुद्धोधन गाउँपालिका –४, मोतिघारीमा स्थानीय दिपेन्द्र कुमार चौधरीको गोली हानी हत्या गरिएको हो ।
नजिकै घर भएका अर्का व्यक्तिसँग विवाद हुँदा राती झण्डै १० बजेतिर चौधरीमाथि गोली प्रहार भएको थियो । प्रारम्भिक स्वास्थ्य रिर्पोट अनुसार चौधरी माथि १४ राउण्ड गोली प्रहार भएको देखिएको छ । जसमा ५ गोली टाउकोमा मात्र प्रहार भएको छ ।
चौधरीको शव अहिले मेडिकल कलेज भैरहवामा राखिएको छ । अहिले मेडिकल कलेजमा चौधरीका आफन्त र शुभेच्छुकहरुको भीडभाड लागेको छ ।
जिल्लामा राजाबाबु भनिने चिनिने चौधरी गत स्थानीय तहको निर्वाचनमा सुद्धोधन गाउँपालिकाको प्रमुखमा उठेका थिए । यस्तै प्रदेशसभामा उनी स्वतन्त्र सांसदमा उठेका थिए ।
तत्कालिन फोरम लोकतान्त्रिकका नेता समेत रहेका चौधरी पछिल्लो समय विजय गच्छदार कांग्रेसमा प्रवेश गरेपछि स्वतन्त्र रहदै आएका थिए । यद्यपि उनी पछिल्लो समय नेकपामा प्रवेश गरेको बताइएको छ । हत्यामा संलग्नको खोजी भैरहेको प्रहरीले जनाएको छ ।
८ मंसिर २०७५ शनिबार ००:००
30
Shares
प्रतिक्रिया