मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुमा एक स्थानीय नेताको गोली हानि हत्या गरिएको छ । जिल्लाको शुद्धोधन गाउँपालिका –४, मोतिघारीमा स्थानीय दिपेन्द्र कुमार चौधरीको गोली हानी हत्या गरिएको हो ।
नजिकै घर भएका अर्का व्यक्तिसँग विवाद हुँदा राती झण्डै १० बजेतिर चौधरीमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । टाउकोमा गोली लागेको उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
जिल्लामा राजाबाबु भनिने चिनिने चौधरी गत स्थानीय तहको निर्वाचनमा सुद्धोधन गाउँपालिकाको प्रमुखमा उठेका थिए । यस्तै प्रदेशसभामा उनी स्वतन्त्र सांसदमा उठेका थिए । तत्कालिन फोरम लोकतान्त्रिकका नेता समेत रहेका चौधरी पछिल्लो समय विजय गच्छदार कांग्रेसमा प्रवेश गरेपछि स्वतन्त्र रहदै आएका थिए ।
शव अहिले मेडिकल कलेज भैरहवामा राखिएको छ । हत्यामा संलग्नको खोजी भैरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया