८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

२६ सुत्रिय माग राख्दै शिक्षकले घेरे मन्त्रालय



गणेश बेल्बासे, (बुटवल) ।
आन्दोलनरत नेपाल शिक्षक महासंघले प्रदेश नम्बर ५ को अस्थायी राजधानी बुटवलमा विरोध प्रदर्शन सहित सामाजिक बिकास मन्त्रालय घेराउ गरेका छन ।
आफ्ना मागहरु प्रति सरकारले बेवास्ता गरेको र पटक पटक ध्यानर्कषण गराउदा समेत कुनै सुनुवाई नभएको भन्दै उनीहरुले आज प्रदेश समाजिक बिकास मन्त्रालय घेरउ गरेका हुन ।
शिक्षक महासंघका प्रदेश संयोजक प्रेम भण्डारीले शिक्षकका माग पुरा नभएका बाध्य भएर आन्दोलनमा उत्रिएको बताउनुभयो ।
शिक्षक महासंघले विभिन्न २६ सुत्रियमाग राख्दै पटक पटक सरकारको ध्यानर्कषण गराउदै आएको छ ।
महासंघले रुपन्देही जिल्लामा रहेका सबै सामुदायिक विद्यालयहरु समेत आज बन्द गर्दै आन्दोलनमा शिक्षकहरुको सहभागिता गराएको थियो । महासंघले शिक्षा सम्वन्धी स्थानिय तहमा आफूखुशी बनाईने ऐन तथा कानुन बनाउने र लागू गर्न खोज्ने कार्य लाई रोक्न स्थानिय तहलाई कडा निर्देशन दिनुपर्ने, कम्तीमा दश वर्ष एउटै तह र श्रेणीमा कार्यरत शिक्षकहरुलाई सामूहिक पदोन्नतिको ब्यवस्था गरिनुपर्ने माग राखेको छ ।
तत्कालिन उच्च माविमा कार्यरत शिक्षकहरुको दरवन्दीको प्रवन्ध गरी स्थायित्वको प्रक्रिया आरम्भ गरिनुपर्ने, राहात शिक्षकलाई स्थायी दरवन्दीमा रुपान्तरण गरी उक्त दरवन्दीमा कार्यरत शिक्षकहरुको स्थायित्वको लागि प्रक्रिया अघि वढाउनुपर्ने लगायत उनीहरुको माग छ ।

प्रकाशित मिति : ७ मंसिर २०७५ शुक्रबार ००:००  १ : ५२ बजे