८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

पाचौं चन्द्रौटा महोत्सवको दोस्रो दिन, ५ हजार दर्शकद्धारा अवलोकन



मायादेवी अनलाइन, चन्द्रौटा ।
पाँचौ चन्द्रौटा कृषि तथा प्रर्यटन महोत्सवको शुक्रबार दोस्रो दिन देखि दर्शकको सहभागीता बढ्न थालेको छ । “कृषि, प्रर्यटन, उद्योग–व्यापार र रोजगार आर्थिक समृद्धि आत्मनिर्भरताको मूल आधार” भन्ने मूलनाराका साथ ब्यापार संघ कपिलवस्तुले संचालन गर्न लागेको पाँचौ चन्द्रौटा महोत्सवको आज दोस्रो दिन हजारौ दर्शकले महोत्सवको अबलोकन गरेको आयोजकले जनाएको छ ।
आज लोक तथा दोहोरी गायिका सम्झना भण्डारी, उज्वल गिरी, चित्र श्रीपालीले सांस्कृतिक कार्यक्रममा दर्शकलाई मनोरञ्जन प्रदान गरेका छन । साथै आजबाट पाँचौ चन्द्रौटा डान्स आइडलको पनि सुरुवात भएको छ । आइडलको पहिलो दिन १२ जनाले प्रतिष्प्रर्धा गरेको आइडल संयोजक सुमन पौडेलले वताउनुभयो ।
महोत्सवको प्रमुख आर्कषणको रुममा रहेको डान्स आइडललाई यस पटक देखि एसएमएसबाट भोट गर्ने व्यवस्था मिलाइएको महोत्सवका प्रबिधि संयोजक माधव घिमिरेले जानकारी दिनुभयो । प्रतियोगीलाई कोड नम्बर दिइने र सुरु देखी अन्त्य सम्म आइडलबाट नबाहिरिए सम्म जुन सुकै ठाउँबाट पनि आफ्नो मन पर्ने प्रतियोगीलाई नेपाल टेलिकम, एनसेल, स्मार्ट सिम, युटिएलबाट एस एम एस मार्फत भोट गर्न सकिने घिमिरेले जानकारी दिनुभयो ।
मंसिर १६ गतेसम्म चन्द्रौटामा संचालन हुने उक्त महोत्सव अन्य वर्षको तुलनामा फरक हुने आयोजकले दावी गरेको छ । महोत्सवको दोस्रो दिन ५ हजार दर्शकहरुले अवलोकन गरेको र १० लाखको करोवार भएको महोत्सवका प्रवक्ता जगत पौडेलले वताउनुभयो ।
महोत्सवमा बाल उद्यान, मौतका कुवा, रोटे पिङ, जादुगर, कुस्ती प्रतियोगिताको समेत व्यवस्था मिलाइएको छ । साथै स्थानीय स्तरमा उत्पादित कृषि, उद्योग, हस्तकला, जडिबुटीहरुको प्रदर्शनी स्टलहरु रहेका छन ।
महोत्सवको भोली तेस्रो लोक गायक पुरुषोत्तम न्यौपाने, आधुनिक गायक रुपक डोटेल, हास्य कलाकार पुरुषोत्तम भण्डारी ‘पुर्खे वा‘, लोक गायक शिव खनाल लगाएतको प्रस्तुति रहने सांस्कृतिक संयोजक अर्जुन सापकोटाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ७ मंसिर २०७५ शुक्रबार ००:००  १ : ४४ बजे