बुटवल ।
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले भैरहवामा निर्माणाधिन अन्र्तराष्ट्रिय गौतम बुद्ध बिमानस्थलको शुक्रबार निरीक्षण गर्नु भएको छ ।
पुर्व प्रधानमन्त्री समेत रहनु भएका देउवाले बिमानस्थलमा भइरहेको बिकास निर्माणको स्थलगत निरीक्षण गरी अव बाँकि कामका सम्वन्धमा जानकारी लिनु भएको हो ।
सभापति देउवालाई बिमानस्थलमा भईरहेका कामका सम्वन्धमा बिमानस्थल आयोजनाका निमित्त प्रमुख इञ्जिनियर प्रवेश अधिकारीले आयोजनाको करिव ६० प्रतिशत काम पुरा भएको जानकारी गराउनु भएको थियो ।
निरीक्षणका क्रममा उहाले बिमानस्थललाई आवश्यक बजेटको कमी हुन नदिन कांग्रेसले आवश्यक पहल र सरकारसंग समन्वय समेत गर्ने बताउनु भयो ।
निरीक्षणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एव्म पुर्वमन्त्रीहरू गोपालमान श्रेष्ठ, बालकृष्ण खाँण, रुपन्देहीका सभापति तथा पुर्वराज्यमन्त्रि अब्दुल रज्जाक, नेपाली कांग्रेस प्रदेश नं. ५ संसदीय दलका नेता बलदेब शर्मा पोखरेल लगायत कांग्रेसका नेता कार्यकर्ताहरूको पनि सहभागिता रहेको थियो ।
प्रतिक्रिया