८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

ठूलो परिणामको अवैध बिदेशी नोटसहित कास्कीबाट दुईजना पक्राउ



कास्की ।
जिल्ला प्रहरी कार्यालय कास्कीले बिहीबार ठूलो परिणामको अवैध बिदेशी नोटसहित दुईजनालाई पक्राउ गरेको छ ।
भारत महाराष्ट्रका ४८ वर्षका बिनायककुमार बाबुलाल शाह र काठमाडौं महानगरपालिका वडा नम्बर ३५ कि २९ वर्षीया चन्दा थापालाई विभिन्न देशको अवैध नोटसहित प्रहरीले पक्राउ गरेको हो ।
पोखरा लेकसाइडको एक होटलबाट नेपाली ३१ लाख २८ हजार बराबरको विभिन्न देशको नोट र अन्य सामानसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट २० हजार अमेरिकी डलर, ३ हजार ८ सय यूरो, १ हजार १ सय पाउण्ड स्टर्लिङ, १ लाख ५ सय भारतीय रुपैयाँ र २४ हजार ८ सय ५ नेपाली रुपैयाँ बरामद गरिएको छ ।
साथै ल्यापटप, तीनवटा मोबाइल, एटीएम ६ वटा, चेकबुक ४ वटा, पेनड्राइभ, नागरिकता र पासपोर्ट पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
उनीहरुलाई थप अनुसन्धानको लागि शुक्रबार राजश्व अनुसन्धान कार्यालय काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ७ मंसिर २०७५ शुक्रबार ००:००  ९ : ५७ बजे