काठमाडौं ।
काठमाडौंको एक होटलमा महिला बलात्कृत भएकी छिन । मंसिर १ गते काठमाडौं महानगरपालिका–१४ स्थित रामेछाप भोजनालयमा नैकाप बस्ने धादिङ गजुरी गाउँपालिका– ५ की २१ वर्षीया महिला बलात्कृत भएको प्रहरीले जनाएको छ ।
बलात्कार गरेको आरोपमा प्रहरीले चितवन खैरहनी नगरपालिका–१ का २६ वर्षीय सन्तोष थापालाई बिहीबार दिउँसो पक्राउ गरेको छ । उनीमाथि जबरजस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
७ मंसिर २०७५ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया