८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

नेविसंघका महामन्त्री काफ्लेलाई हृदयाघात



काठमाडौं ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेलाई हृदयाघात भएको छ । शुक्रबार बिहान एक्कासी छातीमा समस्या आएपछि नजिकको एक मेडिकलमा लगिएको नेविसंघका केन्द्रीय सदस्य शुशील भट्टले जानकारी दिनुभयो । उक्त अस्पतालले हृदयाघात भएको भन्दै गंगालाल हृदयारोग केन्द्र बाँसबारीमा रेफर गरेको थियो । काफ्लेको उपचारमा संलग्न चिकित्सकहरूका अनुसार उनको शल्यक्रियाको तयारी भइरहेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७५ शुक्रबार ००:००  ६ : ३८ बजे