८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

बाणगंगा ९ भलवाडमा समुदाय–प्रहरी वडा स्तरिय समिति गठन



बाबुराम रायमाझी, भलवाड ।

इलाका प्रहरी कार्यालय पिपराका प्रहरी प्रतिनिधि र वाणगंगा वडा न.९ का वडाध्यक्ष ध्रुव बेल्वासेको संयोजकत्वमा १४ सदस्यिय समुदाय – प्रहरी वडा स्तरिय समिति गठन गरिएको छ ।

“हर प्रहर, गाउँ र नगरी टोल टोलमा नेपाल प्रहरी” भन्ने मूल नाराका साथ समुदाय – प्रहरी साझेदारी कार्यक्रम अनुसार समुदायमा शान्ति अमनचयन कायम गरी सुरक्षित समाज निर्माण गर्न सो समिती गठन गरिएको हो ।

समाजमा घट्ने अपराधिकरणलाई न्युनिकरण तथा नियन्त्रणका लागि समिती गठन गरिएको हो । समितीको सह– संयोजकमा सम्पर्क प्रहरी पिपराका प्रतिनिधि ईश्वरी भट्टराई, सदस्यहरुमा नगर कार्यपालिका सदस्य केशरा गुरुङ्ग, वडा सदस्य राज कुमारी सुनार, भिम बहादुर पुन, नुमलाल थारु, वडासचिव सन्तोष कुमार बैठा, समुदाय सम्पर्क प्रहरी सन्तोष विष्ट रहनु भएको छ ।

त्यस्तै सदस्यमा सामाजिक संघ÷संस्थाबाट कुमार मधु वेलवासे, दुर्गा थापा,आमा समूहबाट सीता कुँवर, नागरिक समाज अगुवाबाट हुमलाल पौडेल, ईन्द्रा अधिकारी, फुलमाया गुरुङ्ग रहनु भएको छ ।

साथै शुद्धोदन मावि.जिनुवामा बिद्यालयका प्रधानध्यापक टेकलाल अधिकारीको संयोजकमा ९ सदस्यिय विद्यालय प्रहरी सम्पर्क समिति गठन गरिएको छ । कार्यक्रम  ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी प्रतिनिधी ईश्वरी भट्टराइको सहजीकरणमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ७ मंसिर २०७५ शुक्रबार ००:००  ३ : ३३ बजे