कपिलवस्तु ।
अष्ट्रेलिया आईसीसी महिला टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । साविक विजेता वेष्ट इन्डिजलाई ७१ रनले हराउँदै अष्ट्रेलियाले वेष्ट इन्डिजलाई ७१ रनले हराएको हो ।
पहिले ब्याटिङ गरी अष्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाउँदै दिएको एक सय ४२ रनको लक्ष्य वेष्टइण्डिजले पुरा गर्न सकेन । १७ ओभर तीन बलमा मात्र ७१ रन बनाएर अलआउट भएपछि वेष्ट इण्डिजको महिला विश्वकप जित्ने सपना चकनाचुर भएको हो ।
वेष्टइण्डिजको लागि कप्तान स्टेफानी टेलरले १६ रन बनाए भने अन्य खेलाडीले दाहोरो अंक छुन सकेनन् । अष्ट्रेलियाका लागि एलिसे पेरी, डिलीसा किमिन्स र गार्डनेरले दुई दुई विकेट लिए । त्यसअघि पहिला ब्याटिङ गरेको अष्ट्रेलियाको लागि एलिसा हेलीले ४६ तथा कप्तान मेग लानीङले ३१ र रिचेल हानेसले २५ रन बनाइन् ।
प्रतिक्रिया