८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कपिलबस्तुमा कृषि क्याम्पस सञ्चालन गर्ने तयारी – मन्त्री खनाल



अराज सिंह बेल्वासे, चन्द्रौटा ।
कपिलबस्तुमा कृषि क्याम्पस सञ्चालन गर्ने तयारी रहेको कृषि तथा पशुपंक्षी बिकास मन्त्री चक्रपाणी खनालले बताउनु भएको छ । ब्यापार संघ कपिलवस्तुको आयोजनामा सुरु भएको पाँचौ चन्द्रौटा महोत्सवको उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै मन्त्री खनालले कपिलबस्तुको बिकासमा कृषिको ठुलो भुमिका रहने बताउनुभयो ।
कपिलबस्तु औद्योगिक करिडोरको क्षेत्रको रुपमा बिकास भइरहेको भए पनि जिल्लाको बिकासमा मुख्य भुमिका कृषिको रहने बताउनुभयो । औद्योगिक क्षेत्रहरु भारतमा निर्भर रहेकोले पनि कृषिमा आत्मािर्भर हुन जरुरी रहेको उहाले बताउनुभयो ।
सरकारले ९ महिनामा सोचे अनुसार काम गर्न नसके पनि अब तिब्र गतिमा सरकारले बिकासका काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । सरकारले सबिंधान अनुसार कर वृद्धि गर्दा पनि बिरोध हुनु दुखत भएको बताउदै ९० प्रतिसत जनताले मत दिएका सांसदहरुले बनाएको सबिधानको बिरोध गर्नुको औचित्य नरहेको बताउनुभयो ।
यस्तै कार्यक्रममा बोल्दै चेम्बर अफ कर्मसका केन्द्रिय बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले महोत्सवको सफलताको कामना गर्दै ब्यापारीको हितमा ब्यापार संघ सधै रहेको बताउनुभयो । कार्यक्रममा प्रदेश नम्बर ५ का सामाजिक बिकास समितिका सभापति प्रदेश सभा सदस्य दृर्घनारायण पाण्डे, प्रदेश सभा सदस्य अर्जुन केसी, बिष्णु पन्थी लगायतले महोत्सव सफताको कामना गर्दै महोत्सवको उदेश्य पुरा गर्नुपर्नेमा जोड दिनुभयो ।
कृषि महोत्सवमा कृषि लाई नै प्राथमिकता नदिने गरी धेरै महोत्सव सञ्चालन भइरहेको धेरै देखिने भएकोले चन्द्रौटा महोत्सवले कृषि प्रर्यटन र ब्यापारमा राम्रो भुमिका खेल्नु पर्नेमा बक्ताहरुले जोड दिएका थिए ।

प्रकाशित मिति : ६ मंसिर २०७५ बिहिबार ००:००  २ : २२ बजे