८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

देउवा भन्छन्, ‘अब ओली सरकार बिरुद्ध अन्तिम लडाइ लड्नु पर्ने भयो’



रुपन्देही ।
नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले अहिलेको सरकारले बिधिको शासन नमानेको आरोेप लगाउनुभएको छ । विधिको शासन नमान्ने ओली सरकार बिरुद्ध अन्तिम लडाइ लडनु पर्ने बेला आएको समेत उहाले बताउनु भयो ।
राजनीतिक प्रस्ताव मस्यौदा सुझाव संकलनका लागि प्रदेश पाँचको भैरहवामा आयोजना गरीएको कार्यशाला गोष्ठिलाइ सम्बोधन गर्दै सभापती देउवाले वर्तमान सरकार दुनीयाकै सबैभन्दा बढी भ्रष्टाचारी र स्वयच्छाचारी भएको समेत दाबी गर्नुभयो ।
काँग्रेस सभापती देउवाले सरकारको अधिनायकबाद बिरुद्ध काँग्रेस एक भएर अगाडी बढ्नु पर्ने बेला आएको बताउदै वर्तमान सरकारबाट प्रजातन्त्र र संघिय लोकतान्त्रिक गणतन्त्रलाइ नै खतरा रहेको बताउनु भयो ।
देउवाले अन्तरघातको पुरानो रोगबाट मुक्त भइ कम्युनिष्टको सर्वसत्ताबाद र स्वेच्छाचारी कदम बिरुद्ध लड्नु पर्नेमा जोड दिनुभयो । हत्या हिंसा, बलत्कारका घटना बढीरहेका छन । महंगीले जनता आक्रान्त छन ।
जनताले सुरक्षाको अनुभुती गर्न पाएका छैनन । यस्तो पनि बहुमतको शक्तिशाली सरकार हुन्छ देउवाले भन्नुभयो । सरकार बिरुद्ध लडन पनी काँग्रेस बलियो हुनु पर्ने भन्दै देउवाले पार्टी भित्रको अन्तरघातलाइ सदाकालागि अन्त्य गर्नुपर्नेमा पनि जोड दिनुभयो ।
पार्टी भित्र आपसी अन्तरबिरोध हुनु स्वभाविक भएपनि अन्तरघातको पुरानो रोगबाट मुक्त भएर काँग्रेसले अव कम्युनिष्ट सर्बसत्ताबादको बिरुद्ध अन्तिम लडाइ लडने बताउनु भयो ।
काँग्रेस केन्द्रिय सदस्य बालकृष्ण खाँणले दुइ तिहाइको सरकारले जनताको विश्वास गुमाइ सकेको बताउनु भयो ।

प्रकाशित मिति : ६ मंसिर २०७५ बिहिबार ००:००  २ : १३ बजे