८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

भागवत कथाले गर्यो दुव्र्यसनीकर्ताको जीवनमा परिवर्तन



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको बाणगंगा–१ जितपुरमा जारी विशाल भागवत तथा आनन्द उत्सवबाट दुर्वसनमा फसेका व्यक्तिको जीवनमा परिवर्तन आएको छ । भागवत कथा र म्युजिक थेरापीको माधयमबाट लागु पदार्थ दुव्र्यनविरुद्ध जनचेतना जगाउन आयोजित आनन्द उत्सवमा मंसिर ३ गतेदेखि नै राजेश आस्था फाउण्डेसनमा आश्रित १४ जनामध्ये ३ जना कर्ताको रुपमा दिनभर पण्डालमा बसेर पुजा आजामा सक्रिय भएका छन् भने उनीहरुले दर्शालु भक्तजनहरुलाई प्रसाद वितरण गरिरहेका छन् ।
आनन्द उत्सवमा सहभागी भएपछि उनीहरु अहिले सामान्य अवस्थामा छन । अन्य समयमा एक प्रकारले ममनसिक असन्तुलन जस्तो देखिने उनीहरु अहिले दिनभर भागवत कथा सुन्दै आनन्द लिन थालेका छन ।
उनीहरुलाई मुण्डन गरी ब्याज लसुन पनि बर्जित गरी कार्यक्रममा राखिएको छ । उनीहरुले कथा सुन्दै सदनभर आनन्द लिइरहेका हुन ।
जितपुर टोल विकास समितिको आयोजना, मनकामना संस्कृत विद्यापीठ गुरुकुलम् नन्दनगरको सह आयोजनामा मंसिर १० गतेसम्मको लागि भइरहेको आनन्द उत्सवमा दैनिक रुपमा भक्त जनको पनि भीँडभाड लाग्ने गरेको छ ।
जितपुरको बगलामुखी मन्दिरमा जारी कन्सर्ट सहितको आनन्द उत्सवमा साँझ भक्तालुको निकै भीँड लाग्ने गर्दछ । भक्तालुको सुविधाको लागि आयोजकले गजेहडा, पिपरा, बनगाई, बोडगाउँ, ठाकुरापुर, झुँगा लगायतका स्थानमा विहान १० बजेदेखि दिउसो ४ बजेसम्म र साँझ ६ बजेदेखि फर्कने समय १० बजेसम्म यातायातको सुविधा प्रदान गरिएको छ ।
कार्यक्रममा लागुऔषध दुव्र्यसनविरुद्ध जनचेतनामूलक कथा बाचन भइरहेको छ भने गुजरात लगायतबाट झिकाइएका कलाकारले बेन्जो सहितको बाजागाजामा दर्शकलाई भरपुर मनोञ्जन दिइरहेका छन् । कार्यक्रममा अन्राष्ट्रिय ख्याति प्राप्त व्यासाचार्य भुवन गुरुले कथन बाचन गरिरहनु भएको छ ।
कार्यक्रममा नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरु पनि दैनिक रुपमा गएर कथा श्रवण गरिरेहका छन । कथामा विद्यार्थी विशेष प्याकेज पनि राखिएको छ । कार्यक्रममा राजेश आस्था फाउण्डेसन र वाणगंगा स्पोटर्स एण्ड बेल्फेयर सोसाइटीले सहकार्य गरेका छन ।

प्रकाशित मिति : ६ मंसिर २०७५ बिहिबार ००:००  २ : ०५ बजे