८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

प्युठानको एक उद्योगमा आगलागी, ६५ लाख बढिको क्षती



सलिम अन्सारी, प्युठान ।
प्युठानमा विहीबार दिउँसो उद्योगमा आगलागी हुँदा ६५ लाख बढिको नोक्सानी भएको छ । जिल्लाको प्युठान नगरपालिका–७ पुण्यखोला स्थित सुप्रिया सिरक डसना र मिल उद्योगमा विद्युत सर्ट भई आगलागी भएको हो । आगलागीबाट उद्योगमा रहेका सबै जलेर नष्ट्र भएको भएको उद्योगका सञ्चालक प्रदिप केसीले बताउनुभयो ।
उहाका अनुसार तयारी सिरक डसना, सिरक डसना बनाउन आवश्यक कच्चा पदार्थ, निमार्ण गर्ने मेसिन, मिल नष्ट भएका छन । साथै घरको विस मुरी धान संगै पिसाउन , कुटाउन लिएको ५ मुरी जति धान, मकै, गहुँ जलेर नष्ट भएको केसीले जानकारी दिनुभयो । केसी विगत ३ वर्ष देखि उद्योग सञ्चालन गर्दै आउनुभएको छ । दमकल छिटो नआउदा पनि उद्योगमा क्षती धेरै भएको स्थानीयले बताएका छन ।
दिउँसो २ बजे लागेको आगो १ घण्टापछि मात्र नियन्त्रणमा आएको थियो । आगलागी भएको स्थान नजिकै शसस्त्र क्याम्पमा भएको दमकल जान ढिला गरेको थियो । दमकल आगो निभाउन आउँछ भनेका थियौ, निभाएर भिउँदा पानी विना आएको थियो । ’ दमकललाई आगलागी हुदाँ वित्तिकै खबर गरको स्थानिय ईन्द्र बहादुर घर्तिले बताउनभयो । खबर हुदाँ साथ दमकल आएको भए सबै क्षती नहुने उहाले बताउनुभयो । ’उद्योगमा लागेको आगो स्थानिय, शसस्त्र र नेपाली सेनाले नियन्त्रणमा लिएका हुन ।

प्रकाशित मिति : ६ मंसिर २०७५ बिहिबार ००:००  ११ : २२ बजे