८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

कपिलवस्तुमा पनि मनाईयो मोहम्मद डे



मणि प्रसाद गैह्रे, कपिलबस्तु ।
मुस्लिम धर्मावलम्बीले मोहम्मद डे नेपाल सहित विश्वभर मनाएका छन् ।इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बरको १४९३ औ जन्म दिन कपिलबस्तुमा विभिन्न कार्यक्रम गरी मनाईएको हो ।
हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वतको रब्बीअव्वल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट भएको बताइन्छ । उनको निधन ६३ वर्षको उम्मेरमा साउदीकै मदिनामा भएको थियो । मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ ।
कपिलवस्तुमा रहेका मुस्लिमहरुले हजरत मोहम्मदको जन्म दिनको अवसरमा बृहत ¥यालीको आयोजना गरेका छन् ।
जिल्लाको तौलिहवा, कृष्णनगर, बहादुरगञ्ज, चन्द्रौटा, महाराजगञ्जमा मुस्लिमहरुले ¥याली निकालेर मोहम्मद डे धुमधामका साथ मानाएको मुस्लिम अगुवा नेता रउफ अहमद खांले बताए ।
¥यालीमा उपस्थित मुस्लिम अगुवाहरुले मोहृममद डे को अवसरमा सरकारले सर्वाजानिक विदा दिनुपर्ने माग समेत गरेका थिए । जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई सरकारले मुस्लिम धर्मको महत्वपुर्ण दिनमा विदा नदिएको आगामी वर्षमा विदा दिनको माग गरेका छन् ।
सरकारले मोहम्मद जयन्तीमा सार्वजनिक विदा नदिएकोले उनीहरुले दुःख व्यक्त समेत गरेका थिए । जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७५ बुधबार ००:००  १ : ३६ बजे