८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

डा.गोविन्द केसीलाई आज डिस्चार्ज गरिँदै



काठमाडौं ।
शिक्षण अस्पतालमा उपचार गराइरहेका डा.गोविन्द केसीलाई बुधबार डिस्चार्ज गरिँदैछ । मुटुको नसा च्यापिएका कारण छाती दुखेपछि डा.केसी गएको सोमबार शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक, भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेण्टरमा भर्ना हुनु भएको थियो ।
स्वास्थ्यमा सुधार भएपछि केसीलाई अहिले केहीबेरमा डिस्चार्ज गर्न लागिएको उहाँको उपचारमा संलग्न डा.अरुण सायमीले जानकारी दिनुभयो । सायमीका अनुसार डा.केसीको मुटुभित्र समस्या नरहे पनि मुटुसँग जोडिएको नशा च्यापिएका कारण छाती दुखेको हो ।
धेरै चिन्ता लिँदा बाहिरबाट मुटुको नसा थिचिने भएकाले तनाव नलिन र नियमित औषधि खान सल्लाह दिएको पनि डा.सायमीले बताउनुभयो । धेरै तनाव लिँदा डा. केसीलाई हृदयाघातको जोखिम रहेको पनि उहाँले बताउनुभयो ।

प्रकाशित मिति : ५ मंसिर २०७५ बुधबार ००:००  ८ : २९ बजे