८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

कोरिया पुगेका नेपाली युवाको सुतेकै अवस्थामा मृत्यु



दक्षिण कोरिया ।
कोरियाको ग्वाङ जु सी क्षेत्रमा सुतेकै अवस्थामा आज एक नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा उदयपुर कटारीका दीपक कार्की रहेको कोरियाका लागि नेपाली श्रम कन्सुलर डिल्लीराम बाँस्तोलाले जानकारी दिनुभयो । कार्की ६ महिनाअघि मात्र इपिएसमार्फत दक्षिण कोरिया आएका थिए ।
के कारणले घटना हुन गयो भन्ने विषयमा आधिकारिक जानकारी नआएको र घटनाबारे कार्कीको परिवारलाई जानकारी गराउने तयारी गरिएको बाँस्तोलाले बताउनुभयो । २१ वर्षीय कार्की स्ट्रवेरी उत्पादन गर्ने कम्पनीमा कार्यरत थिए ।

प्रकाशित मिति : ५ मंसिर २०७५ बुधबार ००:००  ७ : ०० बजे