८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

सुनसरीमा खुर्सिदपछि फेरि अर्को हत्या



इटहरी ।
मर्निङ वाकमा निस्किएका इँटा उद्योगका सुपरभाइजरको आज बिहानै सुनसरीको दुहबी नगरपालिकास्थित छाताबेली भन्ने स्थानमा गोली हानी हत्या भएको छ ।
मर्निङ वाकपछि फर्कने क्रममा बिहान ६स्३० बजे बाबा इँटा उद्योगका सुपरभाइजर फिदा हुसेनको गोली हानी हत्या गरिएको हो। बाइकमा आएका दुई जनाको समूहले उनीमाथि गोली हानेको र उपचार क्रममा हत्या भएको प्रहरीले जनाएको छ ।
हुसेन दुहबी नगरपालिका ९ का वडाध्यक्ष एवं सुनसरी क्षेत्र नं ३ का नेपाली कांग्रेसका सभापति मेहेदी हुसेनका भाइ हुन ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख राजन अधिकारीका अनुसार बारम्बारका गोलीकाण्डले घटना रहस्यमय देखिएको छ । गत भदौ ४ मा भएको खुर्सिद हत्या प्रकरण सेलाउन नपाउँदै भएको यस घटनाले थप चुनौती थपेको उहाको भनाइ छ ।
गोली प्रहार गर्ने समूहको खोजी कार्य भइरहेको उहाले बताउनुभयो । घटनास्थलबाट ३ वटा गोलीका खोका बरामद गरिएको छ । गत असोज ४ गते विद्यालयको छलफल सकेर घर फर्केने क्रममा हरिनगरा गाउँपालिकास्थित भुटाहा बजारमा खुर्सिद आलमको गोली हानी हत्या भएको थियो ।

प्रकाशित मिति : ५ मंसिर २०७५ बुधबार ००:००  ६ : ५२ बजे