८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

प्रदेशको राजधानी र नाम सिफारिस समितिको संयोजक तोकियो



बुटबल ।

प्रदेश पाँचको नाम र स्थायी राजधानी तोक्न गठित विशेष समितिले चार महिनामा बल्ल संयोजक पाएको छ । मंगलबार बसेको समितिको वैठकले सत्तारुढ दल नेकपाका सांसद जितेन्द्र कुमार पुनलाई संयोजक तोकेको हो । पुन रोल्पाबाट तत्कालीन माओवादी केन्द्रबाट निर्वा्चित सांसद हुनुहन्छ । निर्धा्रित तीन महिनाको अवधिसम्म समितिले संयोजक तोक्न र कार्य्विधि बनाउन समेत सकेको थिएन ।

बैठकले समितिको म्याद थप गर्न सभामुख पूर्णबहादुर घर्तीसंग अनुरोध गर्ने निर्णय गरेको समितिका सदस्य सांसद वीरबहादुर रानाले जानकारी दिनुभयो । बैठकले समितिका लागि आवश्यक कार्य्विधि अध्ययन गरी रायसुझाव पेश गरेर छिट्टै अन्तिम रुप दिने निर्णय पनि गरेको छ ।

मंगलबारको वैठकमा प्रदेश सभा सचिवालयले पेश गरेको कार्य्विधिबारे सामान्य छलफल भएको थियो । गत साउन २४ गते गठन भएको समितिलाई तीन महिनाभित्र राजधानी र नाम सिफारिस गर्न म्याद दिइएको थियो । गठन भएको एक महिनापछि भदौ १२ गतेमात्रै समितिको पहिलो वैठक बसेको थियो ।
समितिमा १५ जना सांसद सदस्य छन् । मंगलबारको वैठकमा राष्टिय जनमोर्चा र संघीय समाजवादी फोरमबाट प्रतिनिधित्व गर्ने एक एक जना सांसद अनुपस्थित थिए ।

संविधानको धारा २८८ मा भएको व्यवस्थाअनुसार प्रदेशको नाम र स्थायी राजधानी सम्वन्धित प्रदेशसभाले निर्णय गरे बमोजिम हुने व्यवस्था छ ।

प्रदेश ५ को नामका विषयमा खासै विवाद नभए पनि राजधानीको विषय पेचिलो देखिएको छ । यसअघिको शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेश ५ को अस्थायी मुकाम बुटवल तोकेको थियो ।

पत्रकार टोपराज शर्माबाट

प्रकाशित मिति : ५ मंसिर २०७५ बुधबार ००:००  १२ : २६ बजे