८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

लक्ष्मणघाटमा दुई दिने पुर्णिमा मेला तथा बृहत साँस्कृतिक कार्यक्रम आयोजना



थानेश्वर अधिकारी, वाणगंगा ।

लक्ष्मणघाट सामाजिक बिकास केन्द्रको आयोजनामा सदाका बर्षहरुमा जस्तै यस बर्षपनि लक्ष्मणघाटमा दुई दिने पुर्णिमा मेला तथा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

यही मंसिर ७ र ८ गते दुइ दिने पुर्णिमा मेला तथा बृहत साँस्कृतिक कार्यक्रममा कपिलवस्तु, अर्घाखाँची, प्युठान, रुपन्देही र छिमेकी मुलुक भारत बाट समेत श्रद्धालु भक्तजनहरु मेला भर्न आउने गरेको बाणगंगा नगरपालिका वार्ड नं ६ का वडाअध्यक्ष सुकदेव थारुले जानकारी दिनु भएको छ ।

सो कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न संस्थाका अध्यक्ष रनबहादुर काउचाको संयोजकत्वमा १०१ सदस्यि मेला मुल आयोजक समिति निर्माण गरिएको छ । यसैगरी संस्थाका सचिव थानेश्वर अधिकारीको संयोजकत्वमा स्टेज, साउण्ड तथा साँस्कृतिक उपसमिति निर्माण गरिएको छ ।

यसैगरी मेलाका सहसंयोजक तेजबहादुर थापाको संयोजकत्वमा पार्किङ तथा बजार व्यवस्थापन समिति, अभिराम न्यौपानेको संयोजकत्वमा खाद्य व्यवस्थापन उप समिति, संदिप न्यौपानेको संयोजकत्वमा आर्थिक उप समिति, कल्पना क्षेत्रीको संयोजकत्वमा अतिथि सत्कार उप समिति, जिवन क्षेत्रीको संयोजकत्वमा स्वयं सेवक परिचालन उप समिति, बाबुराम बस्नेतको संयोजकत्वमा स्टल व्यवस्थापन उप समिति र वडाअध्यक्ष सुकदेव थारुको संयोजकत्वमा अनुगमन तथा मुल्यांकन उप समिति गठन गरिएको छ ।

प्रत्येक बर्ष र्पुिर्णमा मेलाको अवसरमा बिशेष गरी थारु समुदायका मानिसहरुले बाणगंगा नदिमा स्थान गरी गौपुजन गर्ने दान दिने कथा सुन्ने, मुण्डन गरी मनाइने यो धार्मिक पर्व अहिले सबै समुदायका मानिसले मनाउने गरेको स्थानिय थारु अगुवा झगरु थारुले जानकारी दिनुभएको छ ।

अहिले सो मेलामा बिभिन्न स्थानिय व्यापार व्यवसायलाई प्रवद्र्धन गर्न बिभिन्न स्टलहरु राख्ने र बिबिध साँस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको छ ।

सो कार्यक्रममा थारु समुदायको झुमरा नाच, स्थानिय भजन, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बिशेष प्रस्तुती रहने सांस्कतिक समिति सदस्य अंजित खनालले जानकारी दिनुभएको छ । साथै सो मेलामा झुला, रेल गाडी मिक्की माउस जस्ता मनोरञ्जनात्मक खेलको पनि व्यवस्था गरिएको छ ।

 

प्रकाशित मिति : ५ मंसिर २०७५ बुधबार ००:००  १२ : २३ बजे