८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

शिवराज जेसिजको सप्ताहव्यापी कार्यक्रम समापन



गीता पौडेल, चन्द्रौटा ।

शिबराज जेसिजले सप्ताहब्यापी रुपमा बिभिन्न कार्यक्रम गरी जेसिज सप्ताह सम्पन्न गरेको छ । यसैक्रममा मंगलबार मावि स्तरीय हाजिरीजवाफ प्रतियोगीता सम्पन्न भएको छ ।

शिबराज नगरपालिकाको चन्द्रौटामा मंगलबार सम्पन्न प्रतियोगितामा प्रकाश मा.बि. सुन्दरी डाँडा प्रथम, शिबगढी बोडिंङ स्कुल शिवपुर दृतिय र  आवर मदरल्यान्ड एकेडमी तृतीय स्थान आउन सफल भएको छ ।

प्रतियोगीतामा प्रकाश मा.बि सुन्दरी डांडा, दुर्गा भगवती मा.बि.नयाँबस्ती, सनराइज बोडिंङ् स्कुल चन्द्रौटा, शिबगढी बोडिंङ स्कुल शिबपुर, राष्ट्रिय मा.बि.चन्द्रौटा, आवर मदरल्यान्ड एकेडमी, समयथान मा.बि खैरेनिपुर लगायतका बिद्यालय सहभागी भएका थिए ।

प्रतियोगीताको पुरस्कार समारोहलाई संबोधन गर्दै शिबराज नगरपालिका उप प्रमुख शिब कुमारी थारुले जेसिजले युवालाई संगठित गर्दै समाज रुपान्तरणमा महत्वपुर्ण भुमिका निर्वाह गरेको बताउनुभयो । जेसिजले सप्ताहव्यापी बिभिन्न जनचेतना मुलक कार्यक्रम गरेर सकरात्मक प्रभाव पार्न सफल भएको बताउनुभयो ।

आफ्नो साप्ताहिक कार्यक्रम अन्तरगत पहिलो दिन स्लाम नगरमा आगलागी पिडितलाई राहात बितरण गरेको शिवराज जेसिजले दोस्रो दिन राष्ट्रिय मा.बि. चन्द्रौटामा मा.बि. तहमा अध्यन गर्ने बिद्याथीहरुलाई ट्रफिक जनचेतनाको बिषयमा अन्तरक्रियात्मक छलफल गरेको थियो ।

यस्तै शिबराज न.पा. ६ सुगानगरमा स्वास्थ्य जनचेतना सम्बन्धि छलफल र बिद्यार्थीहरुलाई दात माझ्नको लागि बरस र कोलगेट बितरण जस्ता अभियान संचालन गरेर जेसिज सप्ताह मनाएको शिवराज जेसिजका अध्यक्ष सरोज पौडेलले बताउनुभयो ।

 

प्रकाशित मिति : ४ मंसिर २०७५ मंगलबार ००:००  २ : ५२ बजे