८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

रुपन्देही जिल्ला न्यायाधिवक्ता निरौला ८० हजार घुस सहित पक्राउ



बुटवल ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख कोषहरी निरौला सेवाग्राहीसँग घुस रकम लिँदै गर्दा पक्राउ गरेको छ । अख्तियारबाट खटिएको टोलीले आज बिहान निरौलालाई ८० हजार घुससहित नियन्त्रणमा लिएको हो । जिल्ला न्यायाधिवक्ता निरौलाले ठगीको मुद्दा मिलाइदिन्छु भन्दै सेवाग्राहीसँग घुस रकम लिएको बताइएको छ । कार्यालय खुल्नासाथ घुससहित रंगेहात पक्राउ परेका निरौला लाई हिरासतमा राखेर थप अनुसन्धान सुरु गरीएको अीखतयारले जनाएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७५ मंगलबार ००:००  १२ : ०४ बजे