८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

पार्टी भित्रको झगडालाई सामान्य लिनु पर्छ – सभापति देउवा 



मोरङ ।

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्रको झगडालाई सामान्य लिनु पर्ने बताउनुभएको छ ।

उहाँले पार्टी्भित्रको झगडालाई ठूलो रुपमा लिन नहुने उल्लेख गर्नुभयो । एउटा घरमा त झगडा र कलह हुने भन्दै उहाँले पार्टी्भित्रको मतभेद सामान्य भएको बताउनुभएको हो ।

उहाँले घरजस्तै पार्टीमा पनि झगडा र विवाद हुने भन्दै यसलाई मिलाउने  पक्षमा आफू रहेको बताउनुभयो ।  उहाँले मंसिर २ गते महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइराला र नेतृ सुजाता कोइराला विराटनगर आई मिलेको सन्देश दिँदा आफू नआत्तालिएको बरु यसले अब पार्टीको एकतामा सकारात्मक सन्देश पुगेको बताउनुभयो ।

प्रकाशित मिति : ४ मंसिर २०७५ मंगलबार ००:००  ११ : १९ बजे