८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

एक वर्षमा सिरहामा ५४ बलात्कार भएको घटना सार्वजनिक



जनकपुर ।
एक वर्षको अवधिमा सिरहामा ३२ बलात्कार भएको घटना सार्वजनिक भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, सिरहाको आयोजनामा नेपाल मानवअधिकार वर्ष पुस्तक २०१९ को वार्षिक समीक्षा कार्यक्रममा एक वर्षको अवधिमा सिरहा जिल्लामा बलात्कारका ३२ वटा, बलात्कार प्रयासका २२ ओटा, बहुविवाहका ११ वटा लगायतका ९१ वटा घटना रहेका छन्।
जसमा ९० महिला सहित ९९ जना पीडित भएको बताइएको छ । इन्सेकले २०१८ को जनवरीदेखि अक्टोबरसम्म जिल्लामा संकलन गरेका मानवअधिकार उलंघन र ज्यादतीका संकलित घटनाहरुको तथ्यांक सार्वजनिक गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि इलाका प्रशासन कार्यालयका प्रमुख सोम प्रसाद भट्टराईले इन्सेकको वर्ष पुस्तकले राज्यको उपस्थिति कहाँ कस्तो रहेको प्रष्ट हुने भएकाले कमजोरी सच्याउन सहयोग पुग्ने बताउनुभयो । महिला हिंसाका घटना वृद्धि भएकाले यसको रोकथामको लागि सबै पक्ष मिलेर लाग्नुपर्ने बताउनुभयो ।
ईलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाले इन्सेकले मानवअधिकारको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो । वर्ष पुस्तक मानवअधिकारको दस्ताबेज भएकाले यसमा मानवअधिकारका सम्पूर्ण बुँदाहरूलाई समेटेर प्रकाशन गर्न डिएसपी थापाले सुझाब दिएका थिए।

प्रकाशित मिति : ४ मंसिर २०७५ मंगलबार ००:००  ११ : १३ बजे