८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

कर दिवसमा प्रभातफेरि, उद्योग संघद्धारा कर स्किम आयोजना– मंगलबार बजार बन्द (फोटोफिचर)



चन्द्रकान्त न्यौपाने, बाणगंगा।

सातौँ राष्ट्रिय कर दिवस तथा कर सप्ताह अन्तर्गत आज बाणगंगा – १ जितपुरमा प्रभातफेरि निकालिएको छ ।
आन्तरिक राजस्व कार्यालय कृष्णनगरको आयोजना तथा कपिलवस्तु उद्योग बाणिज्य संघको समन्वयमा कर सप्ताह मनाउने क्रममा आज उद्योग बाणिज्य संघको परिसरबाट प्रभातफेरि निकालिएको हो । त्यसभन्दा अगाडी उद्योग संघमा औपचारिक कार्यक्रम भएको थियो ।

Image may contain: 3 people, people standing, sky, crowd and outdoor

 

Image may contain: 2 people, people standing and outdoor
‘कर‘ समृद्ध नेपाल, सुखी नेपालीको भर‘ भन्ने मूल नाराका आयोजना भएको प्रभातफेरिमा आन्तरिक राजस्व कार्यालयका प्रतिनिधि, कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल, यस क्षेत्रका उद्योगी व्यावसायी, नागरिक अगुवा, समाजसेवी व्यक्तिहरुको सहभागता रहेको थियो ।

Image may contain: 2 people, people standing and outdoor कार्यक्रममा सहभागीहरुले कर तिरा–ैँ असल नागरिकको परिचय दिऊँ, समयमा कर तिरौँ लगायतका चेतनामूलक प्ले कार्ड बोकेका थिए । उद्योग संघ परिसरबाट निकालिएको प्रभातफेरि ४ नम्बर चोकमा आएर समापन भएको थियो ।

Image may contain: 6 people, including Rtr Madhav Poudel, people standing and outdoor

कार्यक्रममा बोल्ने वक्ताहरुले समयमा कर तिर्न सकेमा जरिवाना पनि नलाग्ने र असल नागरिकको परिचय हुने भएकाले कर तिर्न आनाकानी गर्न नहुने बताएका थिए । कर नतिर्ने बानीले आफैलाई नोक्सान हुने भन्दै कर तिरेर कर दिवसलाई सफल पार्न भनिएको छ । कर दिवसको अवसरमा एक हप्तासम्म बिभिन्न चेतनामूलक कार्यक्रमको आयोजना हुने छ ।

Image may contain: Umanath Poudel, sitting
सप्ताहकै अवसरमा समयमा कर नबुुझाएर दण्ड जरिवानामा परेकाहरुको समस्यालाई मध्यनजर राख्दै कपिलवस्तु उद्योगसंघले विशेष कर स्किम पनि राखेको छ । सो स्किमको मौकाको फाइदा उठाउँदै कर प्रमुख संग आफ्ना समस्या तथा जिज्ञासा राखी लाभ लिनुहुन पनि उद्योगी व्यवसायीलाई अनुरोध छ ।

मंगल बजार बजार बन्द कार्यान्वयनमा

चाडपर्व लक्षित गरी मंगलबार खुला रहँदै बजार आजबाट बन्द भएको छ । कपिलवस्तु उद्योगा बाणिज्य संघले चाडपर्वको लागि भन्दै मंगलबार बजार खुला राखेको भए पनि चाडपर्व सकिएपछि आजबाट बजार पुनः बन्द भएका हुन् । संघले सूचना नै जारी गरी आजबाट बजार बन्द गर्न अनुरोध गरेको थियो । उद्योगसंघले हरेक मंगलबार यस क्षेत्रमा बजार बन्द गर्दै आएको छ ।

Image may contain: Umanath Poudel, sitting

प्रकाशित मिति : ४ मंसिर २०७५ मंगलबार ००:००  ४ : ३७ बजे