८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

भारतको छत्तिसगढमा आज अन्तिम चरणको मतदान



एजेन्सी ।
भारतमा अहिले चुनावी माहोल छ । सन् २०१९ मा आम चुनाव हुँदैछ भने त्यसअघि विभिन्न राज्यमा विधानसभा चुनावको रौनक छ । यसैअन्तर्गत छत्तिसगढमा विधानसभा चुनाव अन्तर्गत आज दोस्रो अर्थात अन्तिम चरणको मतदान हुँदैछ । आज ७२ सिटका लागि चुनाव हुँदैछ । राज्यका एक करोड ५४ लाख मतदाताले एक हजार ७९ उम्मेदवारको भविष्यको फैसला गर्दै छन् ।
राज्यमा भारतीय जनता पार्टी ९भाजपा०, कांग्रेस, जनता कांग्रेस छत्तिसगढ तथा बसपा गठबन्धनसहितका दलबाट उठेका उम्मेदवार छन् ।यसअघि नोभेम्बर १२ मा माओवादी प्रभावित जिल्लाका १८ सिटका लागि मतदान भएको थियो । छत्तिसगढ विधानसभामा ९० सिट रहेको छ । ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको सरकारी अधिकारीले बताएका छन् । ।

प्रकाशित मिति : ४ मंसिर २०७५ मंगलबार ००:००  ३ : ३८ बजे