८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

अबको ५ वर्ष भित्र वाणगंगालाई दुब्र्यसन रहित नगर बनाउछौ : सांसद पन्थी



चन्द्रकान्त न्यौपाने ।
प्रदेश सांसद विष्णु पन्थीले वाणगंगा नगरलाई अबको ५ वर्ष भित्र लागू औषध दुब्र्यसन रहित नगर बनाउने प्रतिबद्धता जनाउनु भएको छ । सोमबारदेखी कपिलवस्तुको वाणगंगा २ जितपुरमा अवस्थित बंगलामुखी मन्दिरमा आयोजित विशाल श्रीमद्भागवत कथा तथा आनन्द उत्सवको उद्घाटन गर्दै सांसद पन्थीले लागुऔषध रहित नगर बनाएर ५ वर्ष भित्र देशकै नमुना बनाउने प्रतिबद्धता ब्यक्त गर्नुभएको हो ।
भौतिक संरचनाले समाजमा भौतिक कुराहरुको मात्र विकास गर्ने भएको हुदा चेतनाको विकास गर्न आध्यात्मिक ज्ञान र चिन्तन आवश्यक परेको भन्दै दुव्र्यसनमा फसेका युवाहरुलाई मुक्त गर्न नैतिक र आध्यात्मिक ज्ञान अपरिहार्य भएको सांसद पन्थीको भनाई छ ।
वाणगंगा नगरमा मात्र नभएर कपिलवस्तु र आसपासका जिल्लामा लागुपद्धार्थ दुब्र्यसनकर्ताको संख्या दिनप्रतिदिन बढेको भन्दै यसलाई न्यूनिकरण गर्न युवाहरुलाई लक्षित गरेर रचनात्मक सचेतना अभियान विभिन्न ठाउमा संचालन गर्नुपर्नेमा जोड दिनुभयो । लागूपद्धार्थ दुब्र्यसन रोक्न यस्ता कार्यक्रम उपलब्धीमुलक हुने सांसद पन्थीको भनाई छ । कार्यक्रमका प्रमुख अतिथी पन्थीले वि.स २०८० साल भित्र नगरलाई दुब्र्यसन मुक्त बनाउने प्रतिवद्धता सहित सार्वजनिक रुपमै हस्ताक्षर गर्नुभएको छ । यो कार्य निकै चुनौतीपूर्ण भएको भन्दै जुनसुकै हालतमा आयोजकले लिएको लक्ष्य पुरा गर्न नगरवासी सबै लाग्नुपर्ने पन्थीले बताउनुभयो ।
वाणगंगा नगरपालिकाको संरक्षकत्व, जितपुर टोल विकास समितीको आयोजना, मनकामना गुरुकुलम् विद्यापिठ गुरुकुलम नन्दनगरको सहआयोजना, बाणगंगा स्पोर्टस एण्ड वेलफेयर सोसाइटी र राजेश फाउण्डेसनको सहकार्यमा सञ्चालित भजन कन्सर्ट सहितको कार्यक्रममा बोल्दै बाणगंगाा नगरका उपमेयर चक्र अर्यालले नगरले गर्ने काम जितपुर टोल विकास समितले आयोजना गरेको भन्दै प्रसंसा गर्नुभयो । ५ बर्षभित्र नगरलाई दुब्र्यसनरहित बनाउन सार्वजनिक हस्ताक्षर गर्नु भएका विशिष्ट अतिथि अर्यालले यस कार्यमा नगरपालिकाले सदैव सहयोग गर्ने बताउनुभयो ।
ब्यासाचार्य तथा प्रमुख बाचक भुवन गुरुले बाणगंगाा नगरलाई दुव्र्यसनरहित बनाएर जिल्लालाई मुलुकमै नमुना बनाउन आफूले यो संकल्प र त्याग गरेको बताउनु भयो । उहाँले एक हप्तासम्म आफ्ना नानीबाबु, विद्यार्थी सबैलाई कार्यक्रममा सहभागी भई नैतिक संस्कार सिक्न र सिकाउन अनुरोध गर्नुभयो ।
दुव्र्यसनमा फसेकालाई आध्यात्मिक ज्ञान र नैतिक चेतना र म्युजिक थेरापीको माध्यमबाट सुधार्न सकिने भन्दै यस कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । मुलुकमा नैतिकता, मानवीयता शुन्य भएका कारण दैनिक रुपमा युवायुवती पथभ्रष्ट भएको भन्दै यसले महिला हिंसा र बलात्कारजन्य घटना न्यूनिकरण गर्न भूमिका खेल्ने गुरु भुवनले बताउनुभयो । कार्यक्रममा धन दान अनिवार्य नगरिए पनि स्तस्फुर्त सहयोग भने गर्न सकिने आयोजकले जनाएको छ ।
कार्यक्रममा दुर्वसनमा फसेर राजेश फाउण्डेसनमा पुर्नस्थापित जीवन बिताइरहेका युवालाई कर्ता बनाइएको छ । उनीहरुले नै आरती गरेका छन् । जुन नेपालमै पहिलो कार्यक्रम हो ।
उद्घाटनको पूर्व सन्ध्यामा भव्य कलस यात्रा निकालिएको थियो । बाजागाजा सहितको कलस यात्रामा यस क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थी तथा शिक्षक, मनकामना संस्कृत विद्यापीठका बटुक संगै गुरुहरु, आमा समुहका प्रतिनिधि र स्थानीयले जनचेतनामूलक प्रस्तुति दिएका थिए । जितपुर चोकबाट निस्किएको कलस यात्रा जितपुर हुँदै बंगलामुखी मन्दिरमा पुगेर समापन भएको थियो ।
मंसिर १० गतेसम्म हुने कार्यक्रममा जिल्लाका प्रमुख पर्यटकीय चिनारीलाई विश्वभर पु¥याउनु विशेष कार्यक्रम हुनेछ । जिल्लाका तिलौराकोट, नन्दनगर, श्रृङगीघाट, भागिरथी नदी, शिवपुर, जगदिशपुर, राजापानी, सुपा देउराली पिपरा, वंगलामुखी मन्दिर, मधुवनधाम, लक्ष्मणमघाट, रामदतिवन, कपिलधाम, बालाकण्ठ, पिपराको प्रकटेश्वर, उप्टहवाको छापेढुङगा, वैरियाको शिवालय मन्दिर आदिबारे रहेका किंवदन्ती, ऐतिहासिक पृष्ठभूमि र लुकेर रहेको विषयबस्तुहरुको बारेमा फोटो प्रदर्शनीका माध्यमबाट जानकारी दिइने आयोजकले जनाएको छ ।
आनन्द उत्सवमा हरेक दिन साँझ भजन कन्सर्ट हुनेछ । नेपाल तथा भारतमा रहेका बिभिन्न कलाकारहरुले ८ बजेसम्म संगितमय भजन कन्सर्ट गर्नेछन् । जुन नेपालमै पहिलो रहेको आयोजकको दाबी छ । म्युजिक थेरापीको माध्यमबाट युवायुवतीलाई नैतिकवान बनाउन भजन कन्सर्ट आयोजना गरिएको हो ।
कार्यक्रमलाई भक्ति दर्शन टेलिभिजन काठमाण्डौँले छायांकन गरी हरेक दिन साँझ साढे ५ बजेदेखि ६ बजेसम्म प्रसारण गर्ने छ ।
यसैबीच आजबाट नै लागु पदार्थ दुव्र्यसनरिुद्ध हस्ताक्षर संकलन सुरु भएको छ । बाणगंगाा नगरलाई बि सं २०८० सालभित्र दुव्र्यसनरहित बनाउनको लागि हस्ताक्षर संकलन सुरु गरिएको आयोजकले जनाएको छ । आज प्रदेश सांसद पन्थी, बाणगंगा नगर प्रमुख मंगलप्रसाद थारु, उपप्रमुख चक्र अर्याल, नगरका वडाध्यक्षहरु, समाजसेवी तथा संचारकर्मी र केही स्थानीयले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७५ सोमबार ००:००  ३ : ०८ बजे