८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

दुर्घटना न्युनिकरणका लागि कपिलवस्तुका टिप्पर चालकलाई टाईम कार्ड



कपिलवस्तु।

दुर्घटना न्युनिकरण गर्न जिल्ला ट्राफिक कार्यलय कपिलवस्तुले टिप्पर चालकहरुलाई टाइम कार्ड वितरण गरेको छ । जिल्लाको चन्द्रौटामा जिल्ला ट्राफिक प्रहरि निरिक्षक बावुराजा पन्तले चालकहरुलाई ट्राफिक नियमको वारेमा समेत सचेत गराउनुभयो । टिप्पर चालकहरुले अनियन्त्रित रुपमा सवारी चलाउदा दुर्घटना वढेको वताउदै चालकहरुलाई सचेत गराउन र गति कम गर्नको लागी सो कार्ड प्रदान गरेको निरिक्षक पन्तले वताउनुभयो ।

दुर्घटना न्युनिकरणको माध्यमको रुपमा टाईम कार्ड भएको वताउदैँ पन्तले चालकलाई होसियार पर्वक सवारी चलाएमा आफु पनि वच्ने र अरुलाई पनि वचाउने वताउनुभयो । उहाले भन्नुभयोे “अहिले टिप्परहरुलाई हेर्ने दृष्टिकोण नै फरक छ त्यसैले टिप्पर चालकहरु सजग भएर सवारी चलाउन जरुरी छ ”।

टिप्पर चालकहरुले धेरै ट्रिप सामान ओसापोसार गर्नको लागी गति तिव्र गराउने हुदा तिव्र गतिकै कारण दुर्घटना धेरै हुने गरेको जनाइएको छ । साघुरो सडक र व्यस्त क्षेत्र रहेको हुदाँ चालकहरुले ट्राफिक नियमलाई पालन गर्नुपर्नेमा निरिक्षक पन्तले जोड दिनुभयो ।

टिप्पर चालकले प्रत्येक प्रहरी कार्यालयमा गाडी रोकेर आफ्नो समय दर्ता गराउने वताइएको छ । तोकिएकोे समय भन्दा छिटो आउने सवारीलाई तिब्र गतिमा सवारी चलाएको हुने हुदाँ आबश्यक कारवाही गर्ने पन्तले वताउनुभयो ।

चन्द्रौटामा भेला भएका टिप्पर चालक तथा सहचालकले अव टाइम कार्ड वोक्ने छन । आज वितरण गरेको टाइम कार्डमा कपिलवस्तुको कृष्णनगर देखि चन्द्रौटा सम्म ३० मिनेट, चन्द्रौटा देखि गोरुसिगे सम्म ३० मिनेट, गोरुसिगे देखि पिपरा सम्म ३० मिनेट भन्दा पहिला पुग्न पाइने छैन ।

प्रकाशित मिति : ३ मंसिर २०७५ सोमबार ००:००  १ : ३३ बजे