८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

बुद्धभुमीका युवाको उदाहरणीय काम, भैलोबाट संकलित रकम ब्लड क्यान्सर पिडित मिश्रलाई प्रदान



दिपक खड्का , चन्द्रौटा ।
बुद्धभुमी नगरपालिकाका युवाहरुले देउसी भैलोबाट संकलित रकम ब्लड क्यान्सर पिडितलाई सहयोग गरेका छन् ।
विगतलामो समय देखि काठमाडौं सिभिल सर्भिस अस्पतालमा उपचारार्थ रहेका पदम मिश्रलाई थप उपचारकामा रकम अभाव भएको थाह पाएसंगै उनिहरुले सो रकम सहयोग गरेका हुन । देउसी भैलो खेलि संकलन गरिएको रकम सदुप्रयोग गर्न बुद्धभुमि नगरपालिका वडा न १ का युवाहरुले देउसी भैलो वाट संकलन रकम ब्लड क्यानसरको उपचार गराईरहेका पत्थरकोट निवासी पदम मिश्रलाई हस्तान्तरण गरिएको अमर ज्योती क्लबका सचिव अनिल घर्तीले बताउनु भयो ।
देउसी,भैलो खेली संकलन गरिएको रकम वाट बनभोज गरि खानपानमा खर्च गर्नु भन्दा समाजिक कल्याणको कार्यमा खर्च गर्न सकै समाजमा सकारत्मक सन्देश प्रवाह हुने र समस्यामा रहेकाहरुको घाउमा मलहम पट्ठीकोकाम गर्ने उनिहरुले बताएका छन् । भैलोबाट संकलन गरिएको रकमले क्यान्सररोग वाट बिरामी परेका मिश्रलाई उपचारमा थप सहयोग पुग्ने उदेश्यले सहयोग गरिएको रकम संकलनमा सव्रिmय भुमिका निर्वाह गरेका क्लकका पुर्व अध्यक्ष प्रदिप बि।सीले बताउनु भयो । देउसी भैलो बाट सड्कलित रु २ लाख मेगा बैंक नयाँ बानेश्वर शाखामा रहेको खाता नम्बर ००५००५०१५६५६३ मा जम्मा गरएको क्लबका अध्यक्ष दिपक भुसालले जानकारी दिनु भयो । आगामी दिनहरुमा समस्यामा परेका व्यत्ति र समुदायिक कार्यमा सहयोग जुटाउना आफुहरु लागि पर्ने क्लबका सदस्य दिनेश पौडेलले बताउनु भयो । सहयोग गरेकोमा परिवारले क्लबका सदस्यहरुलाई धन्यवाद दिदै थप सहयोगकालागि अपिल समेत गरेका छन ।

प्रकाशित मिति : ३ मंसिर २०७५ सोमबार ००:००  ९ : ५३ बजे