काठमाडौं ।
सरकारले आजदेखि राष्ट्रिय परिचयपत्र वितरण सुरु गर्दैछ । पाँचथरको एकजना ज्येष्ठ नागरिक र सिंहदरबारका एकजना कर्मचारीलाई परिचयपत्र वितरण गरी राष्ट्रिय परिचयपत्र वितरणको काम सुरु गर्न लागिएको जनाएको छ ।
पहिलो चरणमा पाँचथरका एकलाख १० हजार नागरिक र सिंहदरबारभित्रका सातहजार कर्मचारीलाई परिचयपत्र वितरण गरिने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्ले जानकारी दिनुभयो ।
परिचयपत्रका लागि पाँचथरमा ५२ हजार जनाको विवरण सङ्कलन भइसकेको छ । तीन वर्ष्भित्र देशभरिका १६ वर्ष भन्दा माथिको उमेरका नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्य रहेको विभागले जनाएको छ ।
प्रतिक्रिया