९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

डा. गोविन्द केसी सिकिस्त, सिसियुमा उपचार हुँदै



काठमाडौं
डा. गोविन्द केसी अस्पताल भर्ना हुनुभएको छ । छातीमा अत्यधिक दुखाइका कारण केसीलाई आज बिहान ४ बजे त्रिवि शिक्षण अस्पताल लगिएको केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिनुभयो ।
डा. केसीलाई मनमोहन कार्डियो थोरासिक विभागको सिसियुमा राख्ने तयारी भइरहेको मुटुरोग विशेषज्ञ डा अरुण सायमीले जानकारी दिनुभयो ।
आज बिहानै स्वास्थ्यमा समस्या देखिएर अस्पताल पुगेका डा केसीलाई चिकित्सकले भर्ना हुनुपर्ने बताए पनि उहाले नमानीरहेको अवस्थामा उहालाई सिसियुममै राखेर एक दुई दिन उपचार गर्नुपर्ने भएर भर्ना गरिएको डा. सायमीले बताउनुभयो । पटक(पटक गरेर १५औँ पटकसम्म अनशन बसेका केसी पछिल्लोपटक २७ दिन लामो अनशनमा भएका सहमतिका माग पूरा नभएपछि १६ औँ अनशनको तयारी गर्दै हुनुहुन्थ्यो । छोटो समयमा पटक(पटकको अनशन र बढ्दो उमेरले गर्दा पछिल्लो समय उहाको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०७५ सोमबार ००:००  ६ : ४३ बजे