८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

पाल्पामा बोलेरो जीप दुर्घटना, बालकको मृत्यु, सातजना घाइते



पाल्पा ।

पाल्पाको रिब्दिकोट गाउँपालिका–३ सिरूखर्कमा बोलेरो जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । मृत्यु हुनेमा बागलुङको बरेङ गाउँपालिका-३ का एक वर्षीय अङ्कित दर्जी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव निरीक्षक अमृत भण्डारीले बताए। उनका अनुसार सातजना घाइते भएका छन् ।

घाइते मध्ये तीनजनाको अवस्था गम्भीर रहेको उनले बताए। गम्भीर घाइते हुनेमा बागलुङको बरेङ गाउँपालिका– ३ का ५० वर्षीय यमबहादुर नेपाली, ६२ वर्षीय तुलबहादुर परियार र ५० वर्षीया सरस्वती दर्जी रहेको र उनीहरु सबैको तानसेन स्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बागलुङबाट बुटवलतर्फ जादै गरेको लु१च ५०३५ नम्बरको बोलेर जीप सोमबार बिहान ५ बजेतिर दुर्घटनामा परेको हो। जीप सडकभन्दा करिब एकसय मिटर तल खसेको थियो। के कारणले दुर्घटना भएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी नायव निरीक्षक भण्डारीले बताए ।

प्रकाशित मिति : ३ मंसिर २०७५ सोमबार ००:००  ३ : ४७ बजे