गणेश बेल्बासे ‘संगम’, अर्घाखाँची ।
अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ८ मा अवस्थित जलजला बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीहरुले देउसी भैलोबाट संकलित रकमबाट लाहापे झोलङ्गे पुल देखि स्कुलसम्म गाउँको सडकमा बत्ती जडान गरेका छन् ।
विद्यार्थीहरूले देउसी भैलोबाट संकलित रकमबाट सामाजिक कार्यमा लगाएर समाजको विकास सँगै सकारात्मक सन्देश फैलाउन सडकको पोलमा बत्ती जडान गरेको जनाएको छ । देउसी भैलो खेलेर समाजबाट जम्मा गरेको पैसा समाजको हितका लागि नै खर्च गर्ने भन्दै उक्त विद्यालयका विद्यार्थीहरूले पोलहरुमा बत्ती जडान गरेर उदाहरणीय काम गरेको छ ।
जम्मा भएको रकम एकछिनको रमाइलोमा खर्च गरेर आर्थिक भारमा पर्नुभन्दा सामाजिक कार्यमा लगाउन सके समाजलाई विकसित गर्न सकिने प्रिन्सिपल छविलाल कंडेलले बताउनुभयो ।
३ मंसिर २०७५ सोमबार ००:००
0
Shares
प्रतिक्रिया