९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

निशुल्क खकार परिक्षण शिविरबाट १ सय ३७ जनाले सेवा लिए



दीपा महत, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिका ९ स्थित भलवाड स्वास्थ्य चौकीमा भएको निशुल्क खकार परिक्षण शिविरबाट १ सय ३७ जनाले सेवा लिएका छन् ।
भलवाड स्वास्थ्य चौकीमा भएको शिविरमा शंकास्पद क्षयरोगका विरामीको खकार परिक्षण गरिएको थियो ।
शिविरमा पिपरा अस्पतालका ल्याव असिस्टेण्ड, स्वास्थ्य संयोजक कृष्ण घिमिरे, स्वास्थ्य फोकल पर्सन कमल ज्ञवाली, स्थानीय स्वास्थ्यकर्मी लगाएतले परिक्षण गर्नुभएको थियो । परिक्षण गरिएका सबै शंकास्पद रोगका विरामीको रिपोर्ट एक सातापछि आउने छ ।

प्रकाशित मिति : ३ मंसिर २०७५ सोमबार ००:००  २ : ०६ बजे