९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

विश्व शौचालय दिवस मनाईदै



काठमाडौं ।

आज नोभेम्बर १९ विश्व शौचलय दिवस । विश्वले शौचालय अनि यसको महत्वलाई सबैसामो उजागर गर्दे हरेक बर्ष नोभेम्बर १९ तारिखमा विश्व शौचालय दिवस मनाउदछ । यसपालाको विश्व शौचालय दिवसको नारा भनें वेस्टवाटर अर्थात फालिनेपानी या सफा गरिनुपर्ने पानी भन्ने रहेको छ । सन् २०३० सम्मको दिर्घकालिन बिकास लक्ष्यमा संसारका हरेक वासिन्दालाई सरसफाईका श्रोत र सुबिधा का साथ फालिनेपानी लाई पूर्नपयोग गर्ने श्रोत र संरचना पनि सुलभ बनाउने लक्ष्य राखिएको छ । शौचालय, चर्पी, ट्वाइलेट, रेस्टरुम जे भने पनि मानवजीवनशैली र सरसफाईकालागि चर्पीको आवश्यक्ता अपरिहार्य छ र चर्पीको प्रयोग हाम्रोलागि आधारभुत नै छ ।

अझैपनि संसारभरि लगभग अढाई करोड मान्छेहरुले शौचालय प्रयोग नगरेको तथ्याङ्क छ, करिव १०जना मध्य एकजना संसारको मान्छेले अझैपनि शौचलयमा शौचगर्ने विकल्प नपाएको विश्व स्वास्थ्य संगठनको सन् २०१५ को सर्वेक्षणले देखाएके छ ।

शुरुशुरुमा खोलाका किनार, खेतबारी या पोखरीका डिलहरूमा शौचगर्ने मान्छेहरुले विस्तारै एउटा छुट्टै सानो कोठालाई शौचालयको रूपमा प्रयोग गर्न थालेका हुन् । पछिल्ले समय शौचलयको प्रयोगसम्बन्धि धारणा पनि वृछि भइरहेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७५ सोमबार ००:००  २ : ०३ बजे