९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

वाम सरकार पुरै विफल : कांग्रेस नेता सिंह



मणि प्रसाद गैह्रे, कपिलवस्तु ।
नेपाल कांग्रेसका नेता एव पुर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकारले जनभावना अनुसार काम गर्न नसकेको आरोप लगाउनुभएको छ । नेपाली काँग्रेस कपिलवस्तुले तौलिहवामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले सामान्य घटना तथा समस्या पनि समाधान गर्न नसक्ने अवस्थामा आएको सरकारले मुलुकको हितमा काम गर्न नसक्ने बताउनुभयो ।
कानुन निर्माण गरी नियमित काम गर्नुको साटो ठुलो माछा समान्छु भनेर जनतामा भम्र छर्ने तर सानो माछा समेत समात्न नसकेको उहाले बताउनुभयो । वर्तमान सरकारले समृद्धिको नारा मात्र लगाउने तर समृद्धि हुने कुनै काम नगरेको उहाको आरोप छ ।
हत्या हिंसाको नियन्त्रण गर्न नसक्नु, आरोपिलाई कारवाही गर्न नसक्नु तथा राजश्व परिचालन र खर्च समेत गर्न नसक्नु जस्ता कामले कुनै उपलब्धी मुलक कार्य गर्न नसकी सरकार विफल भएको उहाले बताउनुभयो ।

सभापति विधान विपरित चले

पार्टीका सभापति शेरबहादुर देउवाले पार्टीलाई व्यवस्थित र विधान संगत चलाउनुको साटो विधान बाहिर गएर बहुमतको आधारमा पार्टीलाई चलाउदा कांग्रेस कमजोर भएको सिंहले बताउनुभयो ।
पार्टीमा छलफल र आम जनता, कार्यकर्ताको पक्षमा लागेर निर्णय गर्नुको साटो म वलियो छु र मेरो बहुमत छ भनी काम गर्दा पार्टीमा समस्या आएको बताउनुभयो ।
पार्टी विधानमै नभएको व्यवस्था भएर विजय कुमार गच्छदारलाई उपसभापति वनाई विद्यानलाई लत्याएको समेत सिंहले आरोप लगाउनुभयो ।

नेता यादव र थानीको यस्तो हुकार !

कार्यक्रममा केन्द्रिय सदस्य रामकृष्ण यादवले मधेसको समस्या समाधान गर्ने र सविधान संसोधनको नाममा मधेसवादी दल सरकारमा गएर संविधानको पनि स उच्चारण नगरी मधेसी जनतालाई पटक पटक छलफल गरेको बताउनुभयो ।
त्यस्तै अर्का सदस्य हृदयराम थानीले वर्तमान सरकारले निर्मला पन्तको घटनालाई वाहिर ल्यान नसक्नु र प्रधानमन्त्रीले १० वर्ष पनि अनुसन्धान हुन्छ भनी अभिव्यक्ति दिनुले सरकारको काम हत्या हिंसालाई वढवा दिनुभएको बताउनुभयो ।
नेपाली कांग्रेस कपिलवस्तुका सभापति सुरेन्द्रराज आर्चायको सभापतित्वमा सम्पन्न कार्यकर्ता भेलामा काठमाण्डौ सभापति सुवोध वानिया, पुर्व पार्टी सभापति राजेश आचार्य, सुधाकर पाण्डेय, प्रदेशसभा सदस्य दिना विक, पुर्व सचिव हुमकान्त खनाल लगायत बोल्नुभएको थियो ।
पार्टी सचिव प्रेम बहादुर रायमाझिको संचालन र सदस्य रवि काफ्लेको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा भातृ संस्थाका प्रमुख प्रतिनिधी तथा कार्यकर्ता गरी हजारौ संख्यामा कार्यकर्ताहरुको उपस्थती रहेको नेपाली कांग्रेस कपिलवस्तुले जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७५ आइतबार ००:००  १ : ३२ बजे