९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

जस्टिन बीबरले गरे सुटुक्कै विवाह



एजेन्सी ।
चर्चित अमेरिकी पप गायक जस्टिन बीबर लामो समयदेखि गायिका सेलेना गोमेजको प्रेममा थिए । सेलेनासँगको ब्रेकअप पछि जस्टिन मोडल हेली बाल्डविनको प्रेममा परे । यी दुबैले अचानक इन्गेजमेन्ट गरेर फ्यानहरुलाई आश्चर्य चकित बनाएका थिए । त्यस पश्चात् सामाजिक संजालमा खुलेरै एक अर्कालाई माया दर्शाउदै आइरहेका छन ।
केही समयअघि यो जोडीले बिवाहको लागि अप्लाई गरेको बताइएको थियो । यो जोडीले गुपचुप रुपमा विवाह गरेको खुलासा भएको छ । यो कुराको खुलासा हेली वाल्डविनले गरेकी हुन् । साथै जस्टिन बीबरले पनि उनको साथ दिएका छन ।

दुबैले गोप्य रुपमा बिवाह गरिसकेका छन् । उनीहरुले एक सानो पार्टी आयोजना गरेर परिवार तथा साथीहरुबीचमा विवाह गरेका थिए । साथै हेली बाल्डविनले उनको नाम परिवर्तन गरेर हेली बीबर बनाएकी छिन ।

जस्टिन बीबरले पनि आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक फोटो पोष्ट गर्दै लेखेका छन ‘मेरी सुन्दर श्रीमती ।’ यो पोष्टसँगै दुवैजनाका फ्यानहरुले विवाह भएको थाहा पाएका हुन् र यो जोडीलाई अहिलो बधाई तथा शुभकामना दिइरहेका छन् ।

प्रकाशित मिति : २ मंसिर २०७५ आइतबार ००:००  ८ : ३० बजे