९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

शान्तीको शल्यक्रिया गर्न रकम अभाव, सहयोगको लागि सबैमा अपिल



मायादेवी अनलाइन, अर्घाखाँची ।
अर्घाखाँची शितगंगा नगरपालिका वडा नम्बर ९ सिलिङखोलाका शान्ती आलेलाई उपचार खर्च नभए पछि सहयोगकोे याचना गरिएको छ । १८ बर्षिय आलेको हाल काठमाडौं स्थित उपेन्द्र देवकोटा मेमोरीयल हस्पीटलको शैयामा टाउकाको शल्यक्रिया भई आइसियुमा राखिएको र दुबै कानमा समस्या देखिएकोले केही दिन पछि दुबै कानको शल्यक्रिया गर्नुपर्ने भएको हुदाँ धेरै खर्च लाग्ने भएको छ ।

टाउकाको शल्यक्रिया गर्नको लागि धेरै खर्च भै सकेको र थप उपचारको लागि परिवारको आर्थिक अवस्थाले नभ्याउने स्थिति भएको हुँदा आर्थिक सहयोग गरी दिनुहुन देश विदेशमा रहनुहुने समस्त नेपाली दाजुभाइ, दिदिबहिनी तथा आफन्तजनहरुमा परिवार जनले हार्दिक अपिल गरेका छन ।

सेवा र सहयोग नै सबै भन्दा ठूलो धर्म हो । तपाईले भित्री आत्मादेखी नै पीडित परिवारलाई केहि राहत दिन चाहने मन भएमा आफ्नो तर्फ देखि सानो ठुलो सहयोग गर्न सक्नु हुन्छ ।

शान्तीको थप उपचारको लागि आर्थिक संकलन अभियान स्वरुप सहयोग गर्न इच्छुक सहयोगी मनहरुले उपचारमा सहयोग पुर्याउन शान्ती आलेको श्रीमानको मोबाईल नम्बर ९८६९२७७३६२ र उनको मामाको मोबाईल नम्बर ९८६७०७८६१३ मा सम्पर्क गरी शाईन रेसुङ्गा डेभलपमेण्ट बैंकको खाता नम्बर 03500400172176000001 मा रकम जम्मा गर्न सक्नुहुनेछ ।

साथै वडा नं ९ सिलिङखोला निवासी एवम समाजसेवी घन बहादुर गाहा मार्फत उहाँको सम्पर्क नं ९८४४७८७२६६ मा समेत सम्पर्क गरी सहयोग गर्न सक्नुहुनेछ । सहयोग गरिसके पछि आफ्नो सहयोगको बारेमा एक पटक अवश्य जानकारी गराउनुहोला । सहयोगको रिपोर्ट राख्ने परिवारले जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७५ आइतबार ००:००  ४ : ०१ बजे