अजय मिश्र, कृष्णनगर ।
संघीय समाजवादी फोरम नेपाल प्रदेश नं. ५ अन्तर्गत रोल्पा जिल्ला समन्वय समितीको प्रथम जिल्ला भेला सम्पन्न भएको छ ।
प्रदेश नं. ५ का प्रदेश अध्यक्ष अशोक यादवको उपस्थितीमा भएको भेलाले मनकुमार बुढा मगरको अध्यक्षतामा जिल्ला समिति गठन गरेको छ । जसको उपाध्यक्षमा चन्द्र घर्ती, सचिवमा निमा बुढा, सहसचिवमा गुमान बुढा मगर, कोषाध्यक्षमा नन्दलाल घर्ती मगर र अन्य सदस्यहरुमा रहनुभएको छ ।
समिति गठनमा पार्टी संगठन प्रमुख रामु यादव, सह-इन्चार्ज नवीन सुनुवार, प्रदेश महिला अध्यक्ष निलम यादव लगायतको उपस्थिती रहेको थियो ।
संघीय समाजवादी फोरम नेपाल प्रदेश नं. ५ अन्तर्गत रोल्पा जिल्ला समन्वय समिती गठन गरिएको प्रदेश प्रवक्ता अकरम पठानले जानकारी दिनुभएको छ ।
प्रतिक्रिया