९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

धान खेतीमा आगलागी हुँदा १ लाख ७० हजार बढीको क्षती



दीपा महत, कपिलवस्तु । 

धान खेतीमा आगलागी हुँदा १ लाख ७० हजार बढीको क्षती भएको छ । कपिलवस्तुको मायादेवी गाउँपालिका ७ धुपहि स्थित धान खेतमा आगलागी हुँदा २७ कठ्ठा खेतको धान पूर्ण रुपले जलेर नष्ट भएको हो ।

आगलागीबाट मानविय क्षती भने नभएको प्रहरीले जनाएको छ । शनिबार दिउँसो करिव १ः४० बजेको समयमा आगलागीको खबर पाउन साथ प्रहरी चौकी तुल्सीपुर बलुहवाबाट गएको प्रहरी टोली र स्थानीयको सहयोगमा ४५ मिनेट पछि आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट स्थानीय औसी उल्लाह मुसलमानको १० कठ्ठा, भेला मियाको १५ कठ्ठा र अब्बुसामा मुसल्वानको २ कठ्ठामा लगाएको धान जलेर नष्ट भएको छ । खेतमा आगो लगाउनेको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

यता विजयनगर गाउँपालिका वडा नम्बर ७ गोदुवाजोतबाट प्रहरीले ८.८९ क्यूफिट बराबरको सिसौको काठ बरामद गरेको छ । इलाका प्रहरी कार्यलय गणेशपुरबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको ४ हजार मुल्य बराबरको काठ बरामद गरेको हो ।

प्रहरीलाई देख्नसाथ तस्कर भने फरार भएका थिए । फरारको खोजी भैरहेको र काठ बरामद गरी आवस्यक कारवाहीका लागि वन कार्यलय ठाकुरापुर कपिलवस्तु पठाईएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७५ शनिबार ००:००  २ : १६ बजे