९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

मनकामना सामुदायिक बनको साधारणसभा लम्बियो, अधिवेशन कहिले ?



मायादेवी अनलाइन, वाणगंगा ।

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. २ नन्दनगरमा अवस्थित मनकामना सामुदायिक बन उपभोक्ता समितीको १२ औं साधारणसभा तथा दोस्रो अधिवेशन आइतबार पनि चल्ने भएको छ ।

साधारणसभामा अध्यक्ष अमित पौडेल र सचिव मधु शर्माले प्रस्तुत गर्नुभएको प्रतिवेदन सर्वसम्मत रुपमा पारित भए पनि कोषाध्यक्ष पुस्कर घिमिरेले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन शनिबार पारित हुन सकेन । आर्थिक प्रतिवेदनमा सुधार गर्नुपर्ने उपभोक्ताले माग राखे पछि साधारणसभा तथा अधिवेशन आइतबार सम्म लम्बिएको हो ।

आइतबार विहान ११ बजे साधारणसभा शुरु हुने समितिले जनाएको छ । साधारणसभा सकिए पछि बल्ल चुनावी प्रक्रिया अगाडी बढ्ने छ । अधिवेशनमा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने तयारी गरिएको छ ।

समितिको अध्यक्षका लागि तीन जनाको उम्मेद्वारी पर्ने चर्चा चलेको छ । बन समितिको अध्यक्षका लागि वर्तमान अध्यक्ष अमित पौडेल, पूर्व अध्यक्ष चुरामणी अर्याल र कमल घिमिरे चुनावी प्रतिस्पर्धामा रहनुभएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७५ शनिबार ००:००  २ : ०५ बजे