९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कपिलधाम साहित्य चौतारीको हब बन्दै, साहित्यकार दधिराम मरासिनीको शालिक अनावरण



गीता अर्याल, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ९ कपिलधामको साहित्य चौतारीमा महापण्डित दधिराम मरासिनीको १ सय ३६ औं जन्मजयन्तीको अवसरमा शालिक अनावरण तथा प्रतिभा सम्मान कार्यक्रम गरिएको छ । श्री दधिराम मरासिनी स्मृति प्रतिष्ठान काठमाण्डौैको आयोजनामा नेपाली र सँस्कृति साहित्यका श्रष्टा एवं प्रसिद्ध आध्यामिक चिन्तक महापण्डित दधिराम मरासिनीको एक समारोह बीच शालिक अनावरण तथा कृति विमोचन गरिएको हो । शालिक अनवारण प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल तथा प्रतिष्ठानका उपाध्यक्ष मोदनाथ प्रश्रितले संयुक्त रुपमा गर्नुभएको थियो ।
दधिराम मरासिनीले समाजमा शिक्षाको ज्योति फैलाउने काममा महत्वपूर्ण भूमिका खेल्दै साहित्य सिर्जनाको क्षेत्रमा अतुलनिय योगदान पु¥याएको बताइएको थियो । कबि शिरोमणी लेखनाथ पौडेललाई साहित्य क्षेत्रमा कलम चलाउने गुरुको रुपमा शिक्षा दिने प्रेरणादायी व्यक्तिको रुपमा मरासिनीको योगदान महत्वपूर्ण रहेको बारेमा चर्चा गरिएको थियो ।
कार्यक्रममा मुख्यमन्त्री शंकर पोख्रेलले समाजलाई रुपान्तरण गर्ने कार्यमा साहित्यकारको भूमिका अहंम हुने गरेको उल्लेख गर्नुभयो । उहाँले मानवका जीवनसंग दर्शनहरु जोडिएकाले त्यसलाई समयसापेक्ष बनाउदै समाजका मान्यतालाई समाजको आवश्यकता अनुसार नयाँ सम्बन्ध र विकासको नया शिराबाट हेरिनुपर्ने बताउनुभयो । मन्त्री पोख्रलले हिजोको दर्शन र आजको दर्शनमा भिन्नता हुने बताउदै समयको विकाससंगै नयाँ मान्यता अनुसार समाजको प्रवन्ध गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपालमा शिक्षाको जागरणको सन्दर्भमा गुरुकुल शिक्षाको अत्यन्तै महत्पुर्ण योगदान रहेको उल्लेख गर्दै मन्त्री पोख्रेलले समाजको आधुनिक शिक्षाबाट समेत मानिस सन्तुष्ट हुन छाडेकाले हामीले दिने शिक्षामा नविन सोंचको विकास हुन नसकेको बताउनुभयो । कार्यक्रममा मुख्यमन्त्री शंकर पोख्रेलले साहित्य सिर्जना क्षेत्रको विकासमा प्रदेश सरकारले सक्दो श्रोत साधन उपलब्ध गराउने बताउनुभयो । उहाँले कपिलवस्तुको कपिलधामलाई साहित्य चौतारीको रुपमा विकास गर्न आफु सधै तयार रहेको बताउनुभयो ।
दधिराम मरासिनी स्मृति प्रतिष्ठानका उपाध्यक्ष मोदनाथ प्रश्रितले शिक्षामा रुपान्तरणको आवश्यकता रहेको बताउदै प्रारम्भिक कक्षादेखिनै व्यवहारिक तथा आधुनिक शिक्षा दिनुपर्नेमा जोड दिनुभयो । प्रतिभा सम्मान तथा शालिक अनावरण कार्यक्रमको अध्यक्षता गर्नुभएका साहित्यकार तथा पूर्व शिक्षामन्त्री मोदनाथ प्रश्रितले प्राविधिक शिक्षाले मात्र आर्थिक समृद्धि र विकास हुने बताउनुभयो ।
कार्यक्रममा प्रध्यापक डाक्टर विष्णुराज आत्रेयले दधिराम मरासिनीको जीवनीको बारेमा चर्चा गर्नुभएको थियो । उहाँले पश्चिम नेपालमा मरासिनीले सँस्कृत शिक्षाको विकासमा उल्लेखनीय योगदान पु¥याउदै धेरै नेपालीहरुलाई शिक्षाको ज्योति फैलाउने कार्यमा ठुलो योगदान रहेको बताउनुभयो ।
कार्यक्रममा साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने ४ जना प्रतिभावान व्यक्तिलाई सम्मान गरिएको थियो । पूर्व साँसद गोविन्दराज ज्ञवाली, इन्जिनियर बाबुराम पोख्रेल, बरिष्ठ साहित्यकार मोदनाथ शास्त्री र मणिराम शर्मा ज्ञवालीलाई दोसल्ला, नगद तथा कदर पत्रले सम्मान गरिएको थियो ।
कपिल आरोग्य मन्दिर कपिलधामका सचिव धु्रव वेल्वासेको संचालन तथा अध्यक्ष शंकर आचार्यको स्वागतमा सम्पन्न कार्यक्रममा प्रदेश साँसद विष्णु पन्थी, गोविन्दराज ज्ञवाली, नेपाल सँस्कृत विश्व विद्यालय सेवा आयोगका अध्यक्ष बेणीमाधव ढकाल लगाएतले बोलेका थिए ।

प्रकाशित मिति : १ मंसिर २०७५ शनिबार ००:००  १ : ४६ बजे