मायादेवी अनलाइन, कपिलवस्तु ।
प्रदेश नं. ५ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले सुकुम्बासी र अव्यवस्थित बसोबासलाई छिट्टै व्यवस्थित पारिने दाबी गर्नुभएको छ ।
केन्द्र र प्रदेश सरकारले यस विषयलाई गम्भिरता पूर्वक लिएको भन्दै अब छिट्टै आयोग गठन हुने जानकारी दिनुभयो । मनकामना सामुदायिक बन उपभोक्ता समिती नन्दनगरको दोस्रो अधिवेशनलाई उद्घाटन गर्दै मन्त्री गिरीले यस्तो बताउनुभएको हो ।
उहाले अब बन अतिक्रमण रोक्नुपर्नेमा जोड दिनुभयो । बन अतिक्रमण गरेर बसोबास गर्नेलाई कारबाही हुने भन्दै यसमा सामुदायिक बनले भूमिका खेल्नुपर्ने बताउनुभयो । प्रदेश सरकारले अब छिट्टै बन सम्बन्धि नयाँ कानुन निर्माण गरेर काम थाल्ने बताउनुभयो ।
१ मंसिर २०७५ शनिबार ००:००
0
Shares
प्रतिक्रिया