९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

छिमेकीको कुटाईबाट महिला गम्भीर घाईते, तौलिहवामा उपचार जारी



देवराज भट्टराई, कपिलवस्तु ।
कपिलवस्तुको महाराजगंज नगरपालिका– ८ सिग्राहामा छिमेकीको कुटाईबाट ३५ बर्षे मुन्नुदेबी कहार गम्भीर घाईते हुनुभएको छ । बाणगंगा नदीबाट पम्पसेटले तोरी खेतमा सिंचाई गर्ने क्रममा बिवाद भए पछि स्थानीय झकुरी भन्ने राजेश कहार र उनका बुवा चिन्कु कहारले मुन्नुदेबीलाई निर्घात कुटेका थिए ।
दुबैले लठ्ठीले हिर्काउदा मुन्नुको पटेको किनार र तिर्घामा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । पम्पसेटले सिचाई गर्दा राजेशले मोटरसाईलले पाईप फुटाले पछि भनाभन पछि बिवाद भएको मुन्नुका श्रीमान बेचनले बताउनुभयो ।
पाईप फुटाले पछि भएको बिवाद गाउँलेहरु मिलेर समाधान गरेका थिए । तर आधा घन्टा पछि राजेश र उनका बुवा चिन्नु आएर आफनो श्रीमतिलाई लठ्ठीले निर्घात कुटेको उहाले गुनासो गर्नुभयोे ।
घाईते मुन्नु देबीको तौलिहवा अस्पतालमा उपचार भईरहेको छ । प्रहरीले राजेशलाई पक्राउ गरेको जनाएको छ । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएकोछ ।

प्रकाशित मिति : १ मंसिर २०७५ शनिबार ००:००  १ : ३० बजे