८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

मकैको बिउ बेच्न बजार खोज्दै फलेवासका कृषक



पर्वत ।
फलेवास नगरपालिकाका कृषकहरुले आफूहरूले उत्पादन गरेको मकैको बिउको बजार व्यवस्था स्थानीय स्तरमै गरिदिन माग गरेका छन्। प्रधानमन्त्री आधुनिकीकरण कृषि परियोजना मकै जोनका कृषकहरूले बिउ बाहिरी जिल्लामा पठाउन भन्दा आफ्नै जिल्लामा बिक्री वितरण गर्ने व्यवस्था गर्न सरोकारवालाहरुलाई आग्रह गरेका हुन ।
मकै जोनका कृषकहरुले गत वर्ष बिक्री गरेको मूल्यमा फरक नपर्नेगरी यो पटक पनि मकैको बिउ बिक्री गर्ने व्यवस्था गरिदिन पनि माग गरेको मकैको बिउ उत्पादक धनप्रसाद शर्माले बताउनुभयो ।
यस वर्ष २५ मेट्रिकटन बिउ उत्पादन भएको छ। २७ हेक्टर क्षेत्रफलमा मकैको बिउ उत्पादन हुने गरेको छ भने १२५ कृषकहरूले मकै उत्पादन गर्दै आएका छन्। गतवर्ष अरुण जातको मकैको बिउ प्रतिकिलो ६२ रुपैयाँ र मनकामना जातको मकै प्रतिकिलो ६० रुपैयाँमा बिक्री भएको थियो ।

प्रकाशित मिति : १ मंसिर २०७५ शनिबार ००:००  ७ : ४७ बजे